जानकी (बाँके) । जानकी गाउँपालिकाले विहिबार ११ औं विशेष गाउँसभा सम्पन्न गरेको छ ।
गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालको अध्यक्षतामा भएको विशेष गाउँसभाले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन गरेको छ । गाउँसभामा कार्यवाहक अध्यक्ष धितालले शिक्षा ऐन पहिलो संशोधन तथा स्वास्थ्य सेवा ऐन र केही आर्थिक र वडास्तरका योजना संशोधन प्रस्ताव पेश गरेकी थिइन् । उनले ऐन संशोधन नभएका कारण शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्न कठिनाई भएकोले विशेष गाउँसभामार्फत् संशोधन गरिएको बताइन् ।
शिक्षा ऐन २०७७ पहिलो संशोधन, स्वास्थ तथा सरसफाई ऐन २०७८, गाउँपालिकाको वडास्तरीय योजना संशोधन र रोजगार शाखाको कार्यक्रम सर्बसहमतिबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी
दिए । गाउँपालिकाका कार्यबाहक अध्यक्ष धिताल, प्रमुख प्रशासकीय राना, लेखा अधिकृत मतीन अहमद अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए ।