बाँके १०, असार - बाँकेको जानकी गाउँपालिकाको दशौं सभाले आर्थिक बर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम विहिबार जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाका ६ वडालाई कृषि उत्पादनमा विशेष वडाको रुपमा पहिचान गरी सोही अनुसारको सहयोग गर्नका लागि ‘एक वडा एक उत्पादन’ गर्ने नीति पारित भएको छ । यसका साथै कोभिड पीडित र प्रभावित नागरिकका लागि विशेषअनुदान मार्फत सहयोग गर्ने गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाका अनुसार गाउँपालिका सबै वडामा १२ कक्षा सम्म अध्ययनका लागि आर्थिक, भौतिक र शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने , स्वास्थ्य सुरक्षा तथा नागरिक हितका कार्यक्रमका साथै विपद व्यवस्थापन, रोजगार सिर्जना, बालविवाह न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८-०७९ का लागि अनुमानित ६९ करोड, ८५ लाख, ३७ हजार,४७ रुपैयाको बजेट उपाध्यक्ष भुमिसरा धितालले सभामा प्रस्तुत गर्नु भएको हो ।