बाँके १६ चैत - बाग्लुङ जिल्लामा जन्मिएका हरिदत्त पन्त बाँकेको खजुरामा नर्सरी फार्म संचालन गर्नुभएको छ। उहाँले कर्म थलो बाँकेलाई नै बनाउनु भएको हो । सानो उमेर देखि नै कृषि पेशा गर्ने सोच बोकेका पन्त बुवा लाई कृषिकर्ममा सघाउदै आउनु भएको थियो । उहाँ स्व. बुवा रत्न दत्त पन्त र आमा सुमित्रा पन्तको कोखबाट ४ भाइहरु मध्ये सबैभन्दा जेठो छोराको रुपमा बि.स. २०२३ सालमा जन्मिनुभएको थियो । निरन्तर मेहनत , लगनशील तथा अनुशाशित भएर बि.स २०५४ सालमा बि.एड. सम्मको शिक्षा हासिल गर्नु भयो । त्यसपछि उहाले त्यसका साथै जागिर को शिलशिलामा मुगु जिल्ला स्थित बालशिक्षा माध्यामिक बिद्यालयमाबि.स. २०४५ सालमा प्राथमिक तह अन्तर्गत १६ बर्ष , माध्यामिक तहमा बि स २०६० साल देखि निरन्तर १६ बर्ष सम्म अध्यापन गराउनु भयो । ३२ बर्ष सम्म अध्यापन गर्नु भयो । त्यसपछि बि.स २०७६ सालमा शिक्षण पेशाबाट सेवा निबृत प्राप्त गरिसके पछि पन्त अहिले बुवाको सपना पुरा गर्नुका साथै बागेश्वरी फलफुल बिकास तथा नर्सरी फार्ममा रमाइरहनु भएको छ । उहाँको नर्सरी फार्ममा उन्नत जातका आँप , लिची, कटहर, लगायतका १२ प्रकारका छन् , भोटे घाँस , डाले घाँस , बडहर, बकाईनाे लगायत ५ प्रकारका , सिजनल फुल र बहुबर्षिय गरि ३० प्रकारका , बेमौसमी तरकारी तथा हिउँदे तरकारीहरुको बिरुवा बिक्री गरिरहनु भएको छ । जसले गर्दा खर्च कटौती गरि बार्षिक ४ लाख सम्म नाफा भैरहेको जानकारी दिनुभयो । उहाँले आफ्नो निजि लगानीमा सो फार्म संचालन गर्नुभएको छ । आलु, काउली, बन्दा, लसुन लगायतका मौसम अनुसारका तरकारी पनि फलाउदै आउनुभएको छ । उक्त नर्सरी फार्ममा प्रत्यक्षरुपमा २ जना र ज्यालादारीमा २ जना महिला/पुरुष गरि ४ जनाले रोजगारी समेत पाएको बताउनुभयो । आफू लगायत तीन भाइ कृषि पेशामा संलग्न रहेको र १ भाइ ब्यापार ब्यवसायमा संचालन गरिरहेको भन्नुभयो ।
२०४२ साल देखि कृषि पेसा गर्दै आएता पनि उहाँले २०७४ सालमा त्यसलाई ब्यवस्थित तरिकाले नर्सरी फार्मको नामले दर्ता गर्नुभएको हो । जागिर गर्ने क्रममा लेख ,रचना , विभिन्न पत्रपत्रिकामा पठाउने गर्नुभयो । उहाँले बि.स.२०४७ सालतिर मध्यपश्चिमांचल बिकास क्षेत्रबाट निबन्ध प्रतियोगितामा प्रथम पुरुस्कार प्राप्त गर्नुभयो , बि.स. २०५७ साल तिर प्रहरी द्विमासिक पत्रिकामार्फत अपराध अनुसन्धानमुलक लेखहरु प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालय द्वारा सम्मानित समेत हुनुभएको थियो । यसरी विभिन्न साहित्यक लेख रचना कविता , निबन्ध लगायतका क्षेत्रमा आफ्नो बुद्धिबिबेकले भ्याएसम्म निरन्तर रुपमा कलम चलाउने भन्नुभयो ।
सेवा निबृत्तको अबधि रहेता पनि उहाले सरकार बाट पाउने सेवासुबिधालाइ त्यागेर आफ्नो नर्सरी फार्म तथा कृषिकर्म गर्नमा नै खुसी भएको पन्तले जानकारी दिनुभयो । उहाँले बिगतमा आफुले जस्तो जागीरका लागि भोग्नु परेका पिडाहरु अन्य शिक्षित युवायुवतीहरुलाई नहोस् साथै गर्न सकेमा कृषि पेशाबाट पनि लाभ लिन सकिने भन्नुभयो । जुनसुकै क्षेत्रमा काम गरेता पनि ईमानदारिता , लगनशीलता ,अनुशाशितका साथै मेहनतका साथ गरिएमा जिवनमा सफलता प्राप्त गर्न सकिन्छ । शिक्षण पेशामा प्रबेश गर्दा विभिन्न किसिमका अप्ठ्यारो महसुस भएता पनि वरिष्ठ शिक्षकको एउटा छुट्टै किसिम को पहिचान बनाएको थिए, साथै अब कृषि पेशाबाट पनि बिशिष्ठ कृषकको क्रेज बनाउने पन्तको दाबी छ । सो नर्सरीमा उत्पादन गरिएका बेर्नाहरु बाँके , बर्दिया , कैलाली ,धनगढी , कपिलवस्तु , दाङ ,दैलेख , सुर्खेत , चितवन र काठमाडौं सम्म पठाइरहेको जानकारी दिनुभयो । साथै अबको केही समयपछि अन्य जिल्लामा पनि पठाउने उहाँले भन्नुभयो । अरु नर्सरी फार्म भन्दा केही सस्तोमा बिक्री गर्ने र उन्नत जातका बेर्ना उत्पादन गरिरहेको जनाउनुभयो ।
अहिले निजि ६ कठ्ठा जग्गामा रहेको नर्सरी फार्मलाई अन्यत्र जग्गा भाडामा लिएर बिस्तार गर्ने लक्ष्य पन्तको रहेको छ । कृषक परिवारमा जन्मिएका पन्त कृषि क्षेत्रलाई निरन्तररुपमा अगाडि बढाउने र आफुलाइ आदर्श कृषकको रुपमा तथा प्रेरणाको स्रोत बन्ने बताउनुभयो । १० लाख लगानीमा संचालित नर्सरी लाई ब्यवस्थापन गर्दै केही बर्ष पछि खर्च कटौती गरि बार्षिक १० लाख नाफा कमाउने समेत लक्ष्य उहाँको छ ।