बाँके ०७ चैत - बि.स. २०२२ साल जेठ ११ गते बनकट्टी हल्कारापूरमा भण्डारी लाल यादवको जन्म भएको थियो । तिन भाईहरु मध्ये यादब जेठो हुनुहुन्थ्यो । एस.एल.सि. सम्मको शिक्षा हासिल गर्न भएको थियो । उँहा सानै उमेर देखि गहन बिचार र स्वतन्त्र बिचारधारमा अडिग हुनुका साथै सामाजिक सेवामा समेत समर्पित हुनुहुन्थ्यो । एस.एल.सि. पछि माध्यमिक बिद्यालय बनकट्टीमा २५ बर्ष सम्म अध्यापन गर्नुभयो । त्यहि बेला देखि सामाजिक कार्य पनि गर्दै आउनु भएको थियो । बि.स. २०७४ सालदेखि सक्रिय रुपले राजनिति क्षेत्रमा प्रबेश गर्नभएको थियो । जसले गर्दा स्थानियबासिको मनमुटुमा बस्न सफल हुनु भयो ।
बाँकेको डुडुवा गाउँपालिकामा बिकास निर्माणको काम तीब्र गतिमा हुदै आएको छ । गाउँपालिकाले क्रमश प्रत्येक बर्ष बिकासमा फड्को मार्दे आएको छ । सुशासन र सदाचार तरिकाले काम गर्ने योजनामा रहेका वडा अध्यक्ष भण्डारीले वडाको योजनामा आफुले कार्यन्वयन गर्न नपाउदा आफनो सपना अधुरो रहने बताउनुभयो। नागरिक शिक्षित नभए सम्म बिकास असम्भव भएकाले र आफु शिक्षण पेशाबाट पनि आएकाले शिक्षामा शिक्षाको स्तर बृद्धि गरेर वडाको बिकास गर्ने सोचका साथ अध्यक्ष पद समाल्नु भएको हो । यस्तै आफनो वडामा करिब ९५ प्रतिशत नागरिक कृर्षि पेशामा भएकाले कृषकहरुका लागि अवश्यक बिउ मल भण्डार गरेर बितरण गर्ने योजना रहेको बताउनुभयो ।
राजनीति कुनै पेेेशा होइन न त ब्यापार , यो एउटा स्व्वच्छ , निष्पपक्ष एवं इमानदारीपुर्वक तथा स्वतन्त्र भएर जनताको सेवा गर्नु हो । यस अवस्थामा जनता र नेता विच सुमधुर सम्बन्ध कायम हुने गर्छ । यस्तै गाउँ स्तरबाट नागरिक संग समन्वय गरेर बाटोघाटोको बिकास गर्ने, महिलाहरुको जिबिको पार्जनका लागि सिपमुलक तालिमको व्यवस्था, लगायतको क्षेत्रमा करिब २५ प्रतिशत मात्रै बिकास भएकाले आनो सपना अधुरो रहने दाबी गर्नुभएको छ । समाजिक कार्यका साथै वडावासिको हकहितको लागि तथा बिकास निर्माणका कार्यहरुमा पनि अध्यक्ष यादवले महत्त्वपूर्ण योगदान पुर्याउदै आउनुभएको छ । शिक्षण पेशाबाट अबकास प्राप्त भएपछि जनप्रतिनिधिको सेवा सुबिधाका लागि खटिरहनु भएको छ । साथै आफुले प्राप्त गर्ने पारिश्रमिक धारा, सडक पिसिसि, साधुसन्त बस्ने कुटीको निर्माण, सिचाईका लागि ट्युबेल निर्माणमा सहयोग तथा वडाका गरिब नागरिकहरु बिरामी हुदांं सहयोग समेत गर्दै आएको जानकारी दिनुभयो ।
बाँकेको डुडुवा गाँउपालिका स्थित वडा नं.३ का वडावासिहरुमा खुसियालि छाएको छ । जसले गर्दा बिकास र्निमाणका र्कायहरु तिब्रताका साथ भएका छन । आफू निरन्तररुपमा कुशल जनसेवक भएर जनताको हकहितको लागि तथा जनता प्रति भईरहेको चरम शोषण बिरुद्द आवाज उठाउने र सधै स्वतन्त्रता पुर्बक सेवा गर्दै आफ्नो पुरा जिबन राजनीति र समाजसेवामा बिताउने तथा बिकृति र विसंगतिको बिरुद्दमा लडीरहने अध्यक्ष यादवले बताउनुभयो । वडामा बालबिवाह न्यूनीकरण र रोकथामका लागि समेत विभिन्न कार्यक्रमहरु गरेका थियौ । त्यस्तै महिला हिंसाको समस्यालाई रोकथाम तथा नियन्त्रण गरिरहेका छौँ । भौतिक पुर्वाधार बिकास तर्फ सडक निर्माण देखि बिजुली खाने पानी शिक्षा, स्वास्थ्य, कृषि, जस्ता कामहरु भएका छन । वडा अन्तर्गतका विभिन्न टोलहरुमा नाली निर्माण पिपिसी ढलान, समेत भएको छ । यसरी जनताको हकहितका लागि सदैव आफू अगाडि बढ्ने जानकारी दिनुभएको छ। लक्षित बर्गको कार्यक्रम ,सिपमुलुक तालिम , निर्माणकार्य बिजुली बत्ती , खानेपानीको ट्यांकी धारा निर्माण तथा अपांगका लागि बिशेष योजना बनाएर कार्यक्रमहरु सम्पन्न गरिरहेको भन्नुभयो । वडावासिहरुमा जनचेतनाको कमि भएकोले गर्दा केही बिकास निर्माणकार्यमा बिवाद उत्पन्न भएपनी तिनीहरुको सामना गर्दै अगाडि बढ्नु भएको छ । शैक्षिक भवन तथा स्वास्थ्य, मठ मस्जिद , मन्दिर लगायतका भवनहरुको मर्मत सम्भार पनि गर्दै जाने बताउनुभयो ।