वडालाई बालबिवाह मुक्त र बालअधिकारको सुनिश्चितताका पहल गर्ने - अध्यक्ष यादव

शाख न्यूज    प्रकाशित: २०७७-१२-६ गते   ५८७ पटक हेरिएको

शम्भु प्रशाद चौधरी
नेपालगन्ज ५ चैत - बाँकेको जानकी गाउँपालिका ६ गनापुरमा बाल अधिकार र बालबिवाह न्युनिकरण सम्बन्धि भएका कानुनबारे स्थानीय जनप्रनिनिधि तथा सरोकारवालाहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । त्रिवेणी बिकास समाज कोहलपुर १४ हवल्दारपुरको आयोजनामा स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा स्थानीयहरुको सहभागितामा वडास्तरिय कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अध्यक्षता गरेका त्रिबेणी बिकास समाज सञ्चालक समितिका सदस्य रामसेवाक बाहुनले समाज परिवर्तनका लागि सबैले नियम कानुनको पालना गर्नु पर्ने बताए । यस्तै कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुरेस यादवले वडालाई बालबिवाह मुक्त बनाउन र बालअधिकारको सुनिश्चितताका लागि अवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमका सहभागिहरुले सानो उमेरमा बिवाह गरे पछि शरीरिक मानसिक तथा समाजिक समास्या आउने भएकाले बालबिवाह रोकथामका लागि सबैले पहल गर्नु पर्नेमा जोड दिएका थिए । त्रिबेणी बिकास समाज सर्वाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशाक्तिकरण परियोजनाका संयोजक पतिराम थारुले भन्नु भयो “हामीले बालबिवाह रोकथामका लागि सचेतना जागई, क्षमता अभिबृद्धिका लागि प्रशिक्षण दिई रहेका छौ, सभ्य र सक्षम समाज निर्माणका लागि स्थानीय आपैmले नै सजग हुनु पर्छ ” । बालबिवाह रोकथाम तथा बालअधिकारको सुनिश्चिताका लागि अभिभावक र समाज नै बढी जिम्मेबार हुनुपर्नेमा संयोजक थारुले जोड दिए । बालबिवाह र बालअधिकारका बारेमा कानुनमा भएको व्यवस्थाबारे जानकारी गराउदै अधिबक्ता राधेश्याम थारुले बलबिवाह तथा बालअधिकार हनन् गर्ने जो कोहीलाई पनि कानुनमा छुट नभाएको बताए । बालविवाह गर्ने र गराउनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । यती मात्रै नभर उमेर अनुसार बालबिवाह गर्ने र गराउनेलाई थप दण्ड र जरिवाना लाग्ने कानुनमा व्यवस्था रहेको छ ।  अधिबक्ता थारुले बालबालिकाको शिक्षा स्वास्थ्य तथा संरक्षणका लागि कानुनमा भएको व्यवस्थाका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । यस्तै बिवाह गर्न पुरा गर्नु पर्ने मापदण्डा, तथा सानो उमेरमा बिवाह गर्दा पर्ने असरका बारेमा सहभागि प्रष्ट पारेका थिए । नेपालको कानुनले २० बर्ष मुनिको बिवाहलाई बालबिवाह मानेको छ । त्यसकारण २० बर्ष मुनिको बिवाह स्वातः बदर हुन्छ, अधिबक्ता थारुको भनाई थियो । सर्वाङ्गीन बिकासका लागि महिला तथा बालबालिका सशाक्तिकरण परियोजना अन्र्तगत त्रिबेणी बिकास समाजले बालबिवाह न्युनिकरणका लागि बाँकेको बिभिन्न स्थानीय तहमा कार्यक्रम गर्दै आएको समाजिक परिचालक अशोक यादवले बताए । परियोजनाले जानकी गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा बिभिन्न कार्यक्रम गर्दे आएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भाटनपुरमा प्रधनध्यापक शिव प्रसाद बिश्वकर्मा, गनापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी बिबेक बर्मा, गनापुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लखन चौधरी लगायतले धारणा राख्नु भएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech