बाँके २९ फागुन - निजामती सेवा अन्तर्गत लोकसेवा पास गरेर विसं २०७६ मा नरैनापुर गाउँपालिका मा पञ्जिकृत को रुपमा नियुक्त हुनुभयो । उहाँले गाउँपालिकामा पौष ६ देखि २०७७ असोज सम्म पालिकामा पञ्जिकृत भएर कामा गर्नु भयो । त्यसपछि उहाँलाई नरैनापुर गाउँपालिका वड न . ३ मा सचिबको जिम्मेवारी पाउनु भयो । नरैनापुर गाउँपालिका वडा न. ३ मा वडाको बिकास निर्माण, पुर्बाधार निर्माण , उत्पादनमूलक कार्य लगायत स्थानीय विकासको लागि र सेवा सुबिधा प्रदान गर्नका लागि सदैव इमानदारीका साथ समझदारीपुर्वक जिम्मेवारी वहन गरिरहेको वडा सचिव ज्योती घर्तीले भन्नुभयो । आफूलाई तोकिने काम 'नागरिकलाई लाभ हुने किसिमले' गर्ने जानकारी दिनुभयो । कृषि ,स्वास्थ्य , शिक्षा , खेलकुद , जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखिएको समेत उहाँले जोड दिनुभयो । बिपद जोखिममा रहेका लाई बिशेष प्रकारको योजना निर्माण गरेर सो को कर्यान्वयनका लागि अहोरात्र खटिएका छौं ।
वडामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय बीच सामन्जस्यता र समन्वय कायमै रहिआएकोले वडावासीहरुलाई सेवा प्रदान गर्नुका साथै आएका कामहरू नियम, कानुन , प्रक्रिया तथा बिधिवत रुपमा पूरा गरिरहेका हुन्छौं । वडा सचिबको भूमिकामा ज्योति बौद्धिक र अब्बल महिला को रुपमा सावित हुनुभएको छ । । जनप्रतिनिधि , अन्य कर्मचारी लगायत वडामा आउनेसँगको बोली व्यवाहारदेखि अन्य आर्थिक व्यवस्थापन गर्न सक्ने दक्ष क्षमता सचिब घर्ती सँग छ । आफुले पाएको जिम्मेवारी कसैको दवावमा नरही वडावासीको हकहित तथा अधिकार र उहाँहरुले पाउनुपर्ने सेवा सुविधा प्रदान गर्न सदैव तत्पर रहने छु वडा सचिब घर्ती ले बताउनुभयो । कोरोना कहरमा उहाले वडा सचिबको जिम्मेवारी पाउनुभएको थियोे । ज्योति घर्ती बि.स. २०४५ साल पौष ३ गते गेरुवा गाउँपालिका वडा न . ६ बर्दियामा ज्योति घर्तीको जन्म भएको थियो । उहाँले बि.स. २०६३ सालमा बिहे गर्नुभएको हो । समाजमा बिहे गरेपछि छोरी बुहारीले घरको काममा मात्रै सिमित हुनुपर्छ भन्ने अबधारणा लाई चिर्दै उहाँले आफ्नो पढाईलाई निरन्तर रुपमा अगाडि बढाउदै लैजानु भयो । जस्ले गर्दा शिक्षामा स्नातकोत्तर हासिल गरिसक्नु भएको छ । परिवारको भरपुर सहयोगले आफुले स्नातकोत्तर हासिल गरेको भन्नुभयो । उहाँको २ छोरी समेत रहेका छन भने श्रीमान चाहिँ ब्यापार ब्यवसाय मा ब्यस्त हुनुहुन्छ । छोरीहरु बुवा संगै काठमाडौंमा पढिरहेका छन उहाँ लेे बताउनु भयो ।