बाँके २८ फागुन - कोहलपुर स्थित शान्तिनगरमा बस्दै आएका पिमा सुनार ब्रेनट्युमर को सिकार बन्नुका साथै छोरा सुरज सुनार फोक्सो र कलेजोको समस्याले ग्रसित भएका छन । सुरज का अनुसार २०७१ पौष १५ गते बुवा बित्नुभयो त्यो पीडा पनि थियो त्यसपछि म कमाउन भारत गएको थिए , केही समय जसोतसो अलिअली पैसा बचाएर बुवाको क्रियामा लागेको खर्च तिरियो अनि उता आमा र दिदी ज्यालामजदुरी काम गरेर घरखर्छ चलाउनु हुन्थ्यो । अनि आमालाई पनि एक्कासि ब्रेनट्युमर देखिए पछी झन ठुलो समस्यामा परियो । ऋण लिएर र आफू संग भएको पैसा लिएर आमाको उपचार गरियो । आमाको रोग पनि पुर्णरुपमा निको भएको छैन अनि आफुलाइ फोक्सो र कलेजोको समस्या देखा पर्यो । अहिले आम्दानी हुने केहि बाटो नरहेको जानकारी दिनुभयो । एकातिर स्थानीय सरकारलेआफुले पाउने मौलिक हक अधिकार पाउन बाट बन्चित गराएको छ । अर्कोतिर आर्थिक अभावको कारणले गर्दा आफू र छोरा बिरामी भएर पुर्ण रुपले उपचार गर्न नपाएको पिमा सुनारले बताउनुभयो ।

औषधिको साहारामा रहेका ५४ बर्षिया आमा र २० बर्षिय भाइका लागि कौशिला सुनारले आर्थिक सहयोग मार्फत जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको छ । आर्थिक अभावले गर्दा पुर्ण तवरले उपचार गर्न नसकिएको कौशिलाले बताउनुभयो ।
उपचार गर्नका लागि आर्थिक सहयोग गरिदिन सबैसंग आग्रह गर्नुभएको छ । हालसम्म आमाको उपचारमा मात्रै १ लाख भन्दा बढी ऋण लागिसकेको र आर्थिक अभावले गर्दा भाइको उपचार पनि राम्रोसँग गर्न नपाएको कौशिलाले जानकारी दिनुभयो ।

आमा र भाइको उपचारका लागि लाग्ने खर्च जुटाउन नसकेको हुँदा चिन्तित हुनुका साथै समयमा उपचार नहुदा थप समस्या थपिदै गएको कौशिलाले बताउनुभयो । आर्थिक सहयोगका लागि ९८४९८८६१४२ मा सम्पर्कका लागि समेत कौशिलाले अनुरोध गर्नुभयो । सबैको साथ र सहयोगले आमा र भाइको जीवन बचाउन सकिन्छ, तसर्थ सहयोग गरिदन आग्रह गर्नुभयो ।