कुशल दलामी
कोहलपुर १२ फागुन - बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ शन्तिनगरका स्थानीयहरु बिगत लामो समयदेखी ब्यक्तिगत घटना दर्ता बसाइँसराइ दर्ता नभएपछि आफ्नो हक अधिकारका लागि क्रममागत रूपमा बिरोध का कार्यक्रमहरु गरिएको स्थानीय जानकी पुनले जानकारी दिनुभयो।
२०५६ साल देखि निरन्तररुपमा करिब ७०० सय घरधुरि बस्दै आएका छन । २० बर्षदेखि सो स्थानमा बसिरहेका छौं , साथै करिब ५ बर्ष पूरा भयो विद्युत प्रदान भएको स्थानीय पुन ले भन्नुभयो । अब्यवस्थित भुमिहिन तथा सुकुम्बासी संघर्ष समितीका अध्यक्ष तिलक सिजापतीले डुडुवा बस्ती गन्धर्व टाेल आफुहरु बिगत लामो समयदेखि बस्दै आएका छौँ त्यसका साथै बसाइँसराइ दर्ता भएपनि घर कर लिईएको छैन , नेपाल सरकारले दलित भुमिहिनहरुलाई एकपटक अनिवार्य जग्गा उपलब्ध गराउने भनिएतापनी कुनै कार्यान्वयन गरिएको छैन तर हामीलाई भोट् बैंकको रूपमा मात्र लिने हो भने सैह्य नहुने अध्यक्ष सिजापतीले बताउनुभयो । हामी आफ्नो हकअधिकारका लागि जुन सुकैपरिस्थितिको सामना गर्न तयार भएको अव्यवस्थित संघर्ष समिति अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । सोमबारदेखि कोहलपुर नगरपालिका ११ नम्बर वडा कार्यालय पिपलचौतारा बाट साझा चोक न्युरोड हुँदै कोहलपुर चौराहामा कोण सभामा परिणत गरियो । दोश्रो दिन शान्तिनगर बाट निस्केको जुलुस न्युरोड , चौराहा हुदै वडा कार्यालय घेराउ गरेर दिनभर वडा बाट हुने सम्पुर्ण सेवाहरु ठप्प गरेर वडा कार्यालय अगाडि धर्नामा बसेका स्थानीयहरु करिब ४ बजे कोण सभा मा परिणत गरिएको थियो भने बुधबार बिहान १० बजे पुनः शान्तिनगर बाट न्युरोड चौराहा परिक्रमा गरेर वडा कार्यालय हुँदै कोहलपुर नगरपालिकाको कार्यालय घेराउ गरेर दिनभर कार्यालय बाट हुने सम्पुर्ण कामहरु बन्द गराउनुका साथै धर्नामा बसि साझ ४ बजेतिर उक्त सभालाई डुडुवा बस्ती शान्तिनगरमा बसोबास गर्दै आएका स्थानीयहरुको बसाइँसराइ दर्ता ब्यक्तिगत घटना दर्ता गर्न दबाब स्वरुप आन्दोलन गरिएको र हामी बसेको लामो समयसम्म सेवासुबिधा पाउनबाट बन्चित गरेर नागरिकहरुको हकहित बिपरित स्थानीय सरकारले काम गरेको गुनासो तथा बसाइँसराइ दर्ता भएका घरधुरि कर समेत नलिएको हुँदा चरणबद्ध आन्दोलन गर्ने भनि जीवन थापाले सभालाई सम्बोधन गर्नुभएको थियो।
कोहलपुर नगरपालिका ११ न.वडा अध्यक्ष कर्ण बहादुर थापा किन नागरिकहरुलाई सेवा सुबिधा बाट बन्चित गरिएको भन्दा उहाँ भन्नुहुन्छ यो वडाले रोकेको काम हैन । माथिल्लो निकाय नगरकार्यपालिका बाट निर्णय गरेर जे जे गर्नुछ गर भनी आदेश दिएमा मात्र हामीले सबै काम गर्छौ नत्र आफ्नो स्वस्फूर्त रूपमा काम गर्ने अधिकार वडामा नभएको अध्यक्ष थापाले भन्नुभयो ।
स्थानीय नागरिकले अधिकार माग्दा नदिने होईन तर अधिकार भित्र पहिलेनै अरुको अधिकारभित्र पर्यो भने हामीले अधिकार दिन सक्दैनौं । बरु भुमिहिनहरुको फारम भर्न हामी तयार छौँ तर बसाइँसराइ दर्ता गरेर अहिले फारम भर्न सकिँदैन बरु यहाँको अवस्था हेरेर सरकारले त्यसको भुमिहिन एकिन गरेको हकमा यो फारमले फाईदा नै गर्छ नोक्सान गर्दैन र स्थानीय नगर सरकारलाई यस्को समाधान गर्न सहज हुने छ भने विकल्प पनि खोज्न सकिने सम्भावना भएको नगर प्रमुख लुट बहादुर रावतले भन्नुभयो । बसाइँसराइ दर्ता , घर कर सहित भुमिहिन फारम भरे मात्र हाम्रो अधिकार सुनिश्चित हुने भएकाले खाली भुमिहिम फारम भरेर कुनै औचित्य नभएको स्थानीयवासी बताउँछन् । बिहिवार थप सबै पार्टी प्रतिनिधिहरुलाई बोलाएर खुलामन्चमा अन्तर क्रीया गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।