सशस्त्र प्रहरी खडैचा बिओपीद्वारा अबैध कुखुरा बरामद

शाख न्यूज    प्रकाशित: २०७७-११-१२ गते   ६१६ पटक हेरिएको

नेपालगन्ज १२ फागुन - सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा खुकुरा बरामद गरेको छ। सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले आज बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले खुकुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ। आज बिहान बरामद गरिएका अवैध खुकुरा,मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ। सशस्त्र प्रहरी निरीक्षक केसीलाई बिशेष सूचना आए पश्चात् रातभरको कडा अपरेशनले तस्करहरुसहितलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानी गरिरहेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech