बाँकेको नरैनापुरबाट माउ हरिणको उद्धार

शाख न्यूज    प्रकाशित: २०७७-१०-१८ गते   २९१ पटक हेरिएको

नरैनापुर १८ माघ - बाँकेको नरैनापुर गाउँपालिकामा एक माउ हरिणको उद्धार गरिएको छ । आइतवार नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन् ।
आइतवार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानियले देखेपछि स्थानिय प्रशासन र प्रहरीलाई खबर गरेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी स्थानीय सामुदायिक वनमा छाडिएको स्थानिय एक नागरिकले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरज प्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा आइतवार दिउँसो हरिणलाई छाडिएको सशस्त्र प्रहरी नायब निरीक्षक हर्कबहादुर थापाले जानकारी दिनुभयो ।(साभार: सगरमाथा गन्तव्य डटकमबाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech