दुई लाख भन्दा बढी मुल्यको स्वास्थ्य सामग्री हस्तान्तरण

शाख न्यूज    प्रकाशित: २०७७-१०-१८ गते   ४११ पटक हेरिएको

नेपालगन्ज  १८ माघ - भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना अन्तर्गत भेरी अस्पतालमा रहेको कोभिड–१९ आईशोलेशन वार्डका लागि कोभिड संकट ब्यवस्थापन केन्द्रमार्फत भेरी अस्पताललाई २ लाख ३० हजार रुपैया मुल्य बराबरको १०० थान स्वास्थ्य सुरक्षा सामग्री(आईशोलेशन किट्स) हस्तान्तरण गरेको छ ।
सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बि–ग्रुपका सचिव टेक बहादुर पुनले कोभिड संकट ब्यवस्थापन केन्दका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।
सो हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. प्रकाश थापाले कोभिड रोकथामको लागि बी–ग्रुपले बाँके जिल्लामा शुरुदेखि नै अस्पताललाई आवश्यक परेको स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो र कोभिड रोकथाममा प्रत्यक्ष फ्रण्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनको लागि बी–ग्रुप संस्था सहयोगी बनेको बताउनुभयो । सो हस्तान्तरण कार्यक्रममा बी–गु्रपका निर्देशक डम्मर सुनार, लेङ्गिक अधिकृत सोम गुरुङ्गको सहभागिता रहेको थियो ।
साथै भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप) बाँकेले अक्सफाम नेपालको साझेदारीमा खजुरा गाउँपालिकाको वडा नं.१, २, ३ , ४ र ८ मा स्वच्छताका लागि ब्यवहार परिवर्तन परियोजना सन्चालन गरिहेको छ । सोही परियोजना अन्तर्गत आवश्यक्तता अनुसार खजुरा र नेपालगन्जमा गरि थप ३०० थान स्वास्थ्य सामग्री(आईशोलेशन किट्स) पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बी–गु्रपका कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech