खजुरा ७ श्रावण : बाँकेको खजुरा गाउँपालिका ४ को आर्थिक बर्ष २०७७/७८ का लागि “खेलकुद शिक्षा स्वास्थ र कृषि“ क्षेत्रलाई प्राथमिकतामा राखेको खजुरा गाउँपालिकाका वडा अध्यक्ष तिलक बिर सुनारले जानकारी दिनुभयो । उहाँ चुनावी माहोलमा आउनु भन्दा पहिले बाट नै सामाजिक कार्य गर्दै आएको बताउनुहुन्छ । लामोसमय देखि नै आफुले गरेको प्रतिबद्धता अनुसार नै वडाको विकासमा अग्रसर रहि कार्य गरेको उहाँले दाबी गर्नुभयो । सबै कामहरु एकैपटक पुरा हुन असम्भव रहेको हुनाले समय अनुकुल विकास कार्यलाई तिव्रता दिएको वडा अध्यक्ष सुनारले भन्नुभयो । स्थानीय सरकार आउनु भन्दा अगाडी र आएपछिको विकासको अवस्थालाई नियाल्ने हो स्थानिय तहमा धेरै परिवर्तन आएको उहाँले भन्नुभयो । वडावासीहरुको आवश्यकतालाई मध्यनजर गर्दै योजनाको निर्माण र कार्यान्वयन गरिरहनु स्थानिय जनप्रतिनिधिको दायित्व रहेको उहाँले जानकारी गराउनुभयो ।

चुनावका बेला जनतासंग गरिएका प्रतिबद्धताहरु पुरा गरिरहेका छौं सुनारले भन्नुभयो । कतिपय कामहरु गत आर्थिक (२०७६/७७)वर्षमा सम्पन्न भएका छन भने कतिपय अधुरा योजनाहरु आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने वडाको लक्ष्य रहेको छ । बेला बेलामा कामको प्रभावकारिताको अनुगमन पनि गरिरहेका छौं उहाँले भन्नुभयो । साथै प्रमुख योजनालाई प्राथमिकता राखेको समेत उहाँले बताउनुभयो । जसले गर्दा वडावासिहरुको सेवा सुबिधा प्राप्त गर्नका लागि दुःख खेप्न नपर्ने बताउनुभयो । साथै प्रतिबद्धतामा उल्लेख भए अनुसारको योजनालाई प्राथमिकतामा राखेर सोही क्षेत्रमा बजेट विनियोजन गरिएकोे छु उहाँले भन्नुभयो ।
खजुरा गाउँपालिका ४ चर्चामा रहेको छ । अध्यक्ष सुनार निर्वाचित भए पछि नेपालगन्जमा ८ औं राष्ट्रिय खेलकुद आयोजना हुँदा घरेलु मैदान डि गाउँमा नेपालगन्ज गोल्डकप फुटबल सफलता पुर्बक आयोजना सम्पन्न गर्न र गराउन सफल भएको उहाँले धारणा राख्नुभयो । नेपालगन्जको विकल्पमा खजुरा ४ को डि गाउँ मिनि रंगशाला निर्माण गर्न थाल्नुभयो । सो रंगशाला पुर्ण रूपमा सप्पन्न नभएता पनि क्रममागत बजेट यो बर्ष पनि २५ लाख र थप २५ लाख गरि ५० लाख बजेट मिनि रंगशाला निर्माणका लागि बिनियोजन गरिएको अध्यक्षले बताउनुभयो ।
यसपटकको बजेटमा वडाले कुल रु ६५ लाखको सिलिंगमा रु ५० लाख भौतिक पुर्बाधार निर्माणमा बिनियोजन गरिएको छ । खेलकुदमा क्षेत्रमा रु ५ लाख तथा कृषि अनुदान मल तथा कृषकहरुलाई बिउ बिजन बितरण गरेर किसानहरुलाई प्रोत्साहन गराउनका लागी रु ५ लाख बिनोयोजन गरिएको छ । यसका साथै मर्मत सम्भारका लागी रु ३ लाख र बिपन्न असहाय तथा अपांङगलाई २ लाख सहयोग स्वरुप बितरणका लागी वडाले बजेट बिनियोजन गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

खजुरा ४ का सबै मुख्य सडकहरु कालोपत्रे पिच गरिदै । जुन शुरूवात खजुरा १ नम्बर चोक देखि डि गाउँ हुँदै ई गाउँ सम्म हालसम्म कालोपत्रे सप्पन्न भैसकेको छ । अन्यत्र सडकको स्तरोन्नति ग्राबेल नाली निर्माण जस्ता कार्यहरू भएका छन् । गाउँपालिका स्तरीय योजना जुन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मध्य किरण भवानी मन्दिर देखी बुद्धपुर जोड्ने बाटो स्तरोन्नति रु १० लाखको काम गरिने योजना रहेको छ । त्यसैगरी सूचना प्रशारण प्रकाशनको लागी रु १ लाख बजेट बिनियोजन गरिएको छ ।
खजुरा गाउँपालिका ४ डि गाउँमा नयाँ सडक माटो पटान ग्राबेल गरिएको सडक जुन मुख्य सहायक सडक पनि भनिने गरिन्छ । त्यसैगरी गाउँपालिका तथा गौरवको योजना अन्तर्गत ई गाउँ मनकामना स्कुल देखि एफ गाउँ हुँदै हवल्दारपुर जोड्ने बाटो निर्माणका लागि रु १ करोड ७५ लाख बजेट ब्यवस्थापन गरिएको छ ।
खजुरा गाउँपालिका ४ ई गाउँ मनकामना आधारभुत बिद्यालय ई गाउँ देखि प्रदेश सरकारको बजेट जुन बाँके क्षेत्र नम्बर ३ क र ख का माननिय आई पि खरेल र बाबुराम गौतमको निरन्तर बजेट ब्यवस्थापन गरिएको छ । जुन कुल क्रममा गत बजेट हालेर छ जुन बैजनाथ गाउँपालिका ७ पेडारि जोड्ने सडकमा कुल २ करोड ५० लाखको योजना रहेको छ ।
खजुरा गाउँपालिका ४ निमपुर देखी जानकी गाउँपालिका ५ बकसपुर जोड्ने पक्की पुल निर्माण गरिएने उहाँले बताउनुभयो ।
खजुरा ४ ले यसरी योजना सम्पन्न गर्ने वडा अध्यक्ष तिलक बिर सुनार मात्र नभएर वडा सदस्य एवं गाउँ कार्यपालिका सदस्य वडा सदस्य बल बहादुर कठायत वडा सदस्य दल बहादुर बुढाक्षेत्री र वडा सदस्य बिरमा सुनार लगाएतको समुहको सहयोगमा मात्र सबै कार्य सम्पन्न गर्न सफल बताएकोमा सिङ्गो टिमलाई नै बधाई ज्ञापन गर्नुभएको छ । आफु मात्र नभएर सबै यो खुसिको पात्र भएको बताउनुभयो । करिब कुल रु ६ करोडको बजेट बराबरको योजना सम्पन्न हुने छन् खजुरा ४ मा स्थानीय वडापालिका गाउँपालिका हुँदै प्रदेश सम्म को कुल योजना बजेट ६ करोड रहेको छ । जुन खजुरा गाउँपालिका ४ क्षेत्र भित्र मात्र सम्पन्न हुने योजनाहरु भएको वडा अध्यक्ष सुनारले जानकारी दिनुभयो ।