नेपालगन्ज, १८ माघ - केहीदिन देखि अत्याधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय ३ दिनका लागि बन्द हुने भएका छन् । अत्याधिक चिसो, हुस्सु र सितलहरका कारण सबैभन्दा बढि विद्यार्थीहरु मर्कामा परेको हुनाले ३ दिनका लागि विद्यालय बन्द गरिने निर्णय गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाले आइतवार एक विज्ञप्ती सार्वजनिक गरि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिएको छ ।
शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । शीतलहर र हुस्सुले गर्दा चिसो बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्मका लागि ३ दिन विद्यालय बन्द गर्ने नेपालगन्ज उपमहानगरको शिक्षा शाखाले निर्णय गरेको शाखाका प्रमुख गोरखबहादुर थापाले जानकारी गराउनुभयो ।
उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई पत्र पठाइसकेको नेपालगन्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापाले जानकारी गराउनुभयो । उहाँले बुधवारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धाहरुलाई पनि यसले प्रभाव पारेको छ । सोही अनुरुप प्रभावित बालवालिकाहरुलाई मध्यनजरगर्दै विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।