नेपालगन्ज १५ माघ - बि.स. २०१६ मा बुवा स्व. श्रि शमशेर बहादुर सम्राट र स्व . देव कुमारी सिंह राठौरको कोखबाट जन्मिएका उज्ज्वल सिंह राठौरले आफ्नो राजनीति र समाजसेवामा सधैं उचाइको शिखरमा पाइला चाल्नुभयो । जस्ले गर्दा उहाँको त्यो अपार माया सहयोगको भावनालाई वडावासिले कदर गर्दै आउनुभएको छ । उहाँले पन्चायत काल देखि नै राजनीति तथा सामाजिक कार्य गर्दै आउनुभयो । त्यस्का साथै उक्त समयमा २ पटक वडा सदस्यको रुपमा निर्वाचित हुनुभएको थियोे। यसरी निरन्तर रुपमा सामाजिक कार्य गरि एउटा छुट्टै पहिचान बनाउनु भयो । सल्यानमा जन्मिएका राठौरले नेपालगन्जमा परिवार संगै नेपालगन्जमा बसाई सरि आउनुभएको थियो । उहाँले नेपालगन्ज स्थित नारायणी बिद्यालय बाट एस.एल.सि. उत्तीर्ण गरि इन्डियाबाट प्लस टु उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि उहाँले घरायसी काम तथा समाजसेवी गर्नु पर्ने भएकाले आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सदरलाइ शाखामा रहेर पनि जिम्मेवारी समाल्नु भएको थियो । त्यसैगरी संस्थामा नरहेर पनि उहाँले जनतामा निहित रहि कार्य गर्नुभएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा न ११ का वडा अध्यक्ष राठौरले आफ्नो वडामा बिकासका विभिन्न कार्यहरु समपन्नका साथै अधुरा कार्ययोजनाहरु पनि सम्पन्न गर्ने लक्ष्य रहेको छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि वडावासिका मागलाइ सम्बोधन गर्दै आफ्नो कर्तव्य निर्वाह गर्दै आउनुभएको छ । जनपक्षीय वडा अध्यक्ष राठौरले शिक्षा ,स्वास्थ्य , कृषि , खानेपानी , बाटो निर्माण लागायतका विभिन्न योजनालाई प्राथमिकतामा राख्नु भएको छ । वडामा रहेका धार्मिक तथा सास्कृतिक पहिचान झल्काउने खालका भौतिक संरचनाहरु , शैक्षिक संस्थाहरुको मर्मत संम्भार गर्नुका साथै अनुदान समेत प्रदान गर्दै आउनु भएको छ ।
त्यस्कासाथै वडावासी , जनप्रतिनिधि तथा कर्मचारीहरु बीचमा एकरुपता कायम भएको छ । वास्तवमा अहिले स्थानीय तहको बिकास भएकोले विभिन्न किसिमका सेवासुबिधा, स्वरोजगार बन्नुका साथै , आवश्यक पर्दा सहयोग समेत पाइएको वडावासिले जानकारी दिनुभयो । यसरी परिवर्तन भएको हुँदा जनप्रतिनिधि लगायत सबैमा खुसियाली छाएको छ । स्थानीय स्तरको निर्वाचनको क्रममा मैले राखेका एजेन्डा तथा प्रतिबद्धता अनुसार राम्रा र ठुला बिकास निर्माणका योजना हरु सम्पन्न गरिरहेका छौँ । नियम र प्रक्रियागत रुपमा योजनाको छनौट तथा तिनीहरुको कार्यान्वयन समेत गर्ने अध्यक्ष राठौरले बताउनुभयो । वडाको लागि गरिएका प्रतिबद्धताहरु तथा एजेन्डाहरु प्राप्त बजेट र प्रदेश सरकार , संघिय सरकारबाट बजेट माग गरि बिकास निर्माणको काम गरिरहेका छौँ । साथै प्रतिबद्धतामा उल्लेख भए बमोजिमका विषय लाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेका छौँ । बाकी कार्यावधिमा बिगतका अधुरा अपुरा योजनालाई आत्मसात गरि अगाडि बढिरहेको भन्नुभयो । योजना छनौट का साथै बजेट कार्यान्वयनमा समेत सम्पुर्ण वडावासीहरुको उत्साहजनक सहभागिता तथा सहयोग हुने गरेको जानकारी दिनुभयो । वडाको बिकास, योजना निर्माण , बजेट कार्यान्वयन ,कार्यक्रम सम्पन्नको लागि उपभोक्ता समिति गठन गरिने भएकाले सहजता हुने गर्छ । वडाको बिकासको कार्यमा तथा अन्य अभियानहरुमा सबै वडा सदस्यहरुको एकता तथा सहकार्य हुने गरेको छ । सबै जनप्रतिनिधिहरुको सामुहिक निर्णयबाट वडाका बिकास योजना हरु सम्पन्न गर्दैछौँ । बालाबालिका द्वारा संचालित बाल क्लबको योजनालाई कार्यान्वयन गर्नुका साथै , वडामा बालबिवाह न्यूनीकरण र रोकथामका लागि समेत विभिन्न कार्यक्रम हरु गर्दै आउनुभएको छ । त्यस्तै महिला हिंसाको समस्यालाई रोकथाम तथा नियन्त्रण गरिरहेका छौँ । भौतिक पुर्वाधार बिकास तर्फ सडक निर्माण देखि बिजुली खाने पानी शिक्षा , स्वास्थ्य , कृषि , जस्ता कामहरु भएका छन। केही बिवादित सिर्जना भएपनि त्यसको सामना गर्दै काम गरिएको जानकारी दिनुभयो । वडावासीहरु सन्तुष्टका साथै हर्षित भएका छन । जसले गर्दा स्थानीयतह आउनु भन्दा पहिले विभिन्न किसिमका समस्याहरु झेल्दै आएका थियौ तर अहिले त्यो समस्या बाट मुक्त भएको स्थानियहरुले बताउनुभएको छ । वडामा रहेका धार्मिक तथा सास्कृतिक पहिचान झल्काउने खालका भौतिक संरचनाहरु , शैक्षिक संस्थाहरुको मर्मत संम्भार गर्नुका साथै अनुदान समेत प्रदान गर्दै आउनु भएको छ । त्यस्कासाथै वडावासी , जनप्रतिनिधि तथा कर्मचारीहरु बीचमा एकरुपता कायम भएको छ । वास्तवमा अहिले स्थानीय सरकार आएको हुँदा विभिन्न किसिमका सेवासुबिधा, बेरोजगारलाई, स्वरोजगार बनाउनुका साथै , आवश्यक पर्दा सहयोग समेत पाइएको वडावासिले जानकारी दिनुभयो । यसरी परिवर्तन भएको हुँदा जनप्रतिनिधि लगायत स्थानीयवासि सबैमा खुसियाली छाएको छ । वडा अन्तर्गतका विभिन्न टोलहरुमा नाली निर्माण पिपिसी ढलान, समेत भएको छ । यसरी जनताको हकहितका लागि सदैव आफू अगाडि बढ्ने जानकारी दिनुभएको छ। लक्षित बर्गको कार्यक्रम ,सिपमुलुक तालिम , निर्माणकार्य बिजुली बत्ती , खानेपानीको ट्यांकी धारा निर्माण तथा अपांगका लागि बिशेष योजना बनाएर कार्यक्रमहरु सम्पन्न गरिरहेको भन्नुभयो । वडावासिहरुमा जनचेतनाको कमि भएकोले गर्दा केही बिकास निर्माणकार्यमा बिवाद उत्पन्न भएपनी तिनीहरुको सामना गर्दै अगाडि बढ्नु भएको छ । शैक्षिक भवन तथा स्वास्थ्य, मठ मस्जिद , मन्दिर लगायतका भवनहरुको मर्मत सम्भार पनि गर्दै जाने बताउनुभयो । त्यसैगरी खोप केन्द्रको स्थापना , स्वास्थ्य चौकी भाडामा रहेको समेत जानकारी दिनुभयो । भवानीवाग तलाउ नजीकको जग्गामा वडा कार्यालय निर्माणकालागी पहलिकदम चाल्नुभएको छ । त्यसैगरी उपभोक्ता समिति गठन गरि बिकासका कार्यहरु गर्न सहज भएको तथा चालू आर्थिक बर्षमा ८० लाख ३५ हजार बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।