वडाको बिकास निर्माणमा अध्यक्षको जोड

शाख न्यूज    प्रकाशित: २०७७-१०-१० गते   ७३४ पटक हेरिएको

शुक्रवार ९ माघ - बि.स.२०३७ सालमा हालको जानकी गाउँपालिका वडा न. २ बेलभारमा जन्मिएका चन्द्रिका प्रसाद गुप्ताको केही समय संयुक्त परिवारमा बित्यो । त्यतिबेला सबैले काममा सहयोग गर्नुपर्ने भएकाले घरको जिम्मेवारी त्यति परेन । कृषि पेशामा संलग्न भइ निरंतरता दिनुभयो । अध्यनलाइ निरन्तर रुपमा अगाडि बढाउदै जानुभयो ।  त्यस्का साथै गाउँमा मिल पनि संचालनमा ल्याएर गाउँवासिको समेत मन जित्न थाले । त्यसपछि उहाले गाउँमा सामाजिक कार्य गरेर सामाजिक सेवामा आफुलाइ चिनाउनुका साथै आफ्नो करियरको पनि सुरुवात गर्न थाल्नुभयो । यसरी आफू सबैको मन मुटुमा बस्न सफल हुँदै जानू भयो । ने. क.पा.(एमाले ) पार्टीको तर्फबाट २०७३ सालमा सक्रिय सदस्यता गुप्ताले प्राप्त गर्नु भयो । राजनीति क्षेत्रमा प्रवेश गरिसकेपछि निस्वार्थ भावनाले  सामाजिक कार्य गर्नुभयो । जस्ले गर्दा वडावासिहरुको साथले अध्यक्ष पदमा बिजयी हुनुभयो । 
संघर्षमय जिवनबाट अगाडि बढनु भएका गुप्ता आफ्नो संगठन र जनता को हितलाई सधैं आफ्नो घरपरिवार भन्दापनि बढी मान्नुभयो । जस्तोसुकै कठिन परिस्थितिमा पनि जनताका मागलाइ सम्बोधन गर्दै गुप्ताले आफ्नो कर्तव्य निर्वाह गर्दै आउनुभएको छ । उहाँ वडावासिको न्यायको लागि तथा वडावासिकोहरुको लागि भौतिक पुर्वाधार निर्माण लगायतका बिकास निर्माणका योजनाहरुलाइ निरन्तर रुपमा कार्यान्वयन गरिरहनु भएको छ । म निर्वाचित वडा अध्यक्षको पद सम्हालिसके पछि निर्वाचनमा होमिदा मैले राखेका एजेन्डा तथा प्रतिबद्धता अनुसार राम्रा र ठुला बिकास निर्माणका योजना हरु सम्पन्न गरिरहेका छौँ । जानकी गाउँ पालिका वड न. २ मा बिकास निर्माणका कार्यहरु लाई निरंतरता दिएका छौँ । यस वडाको लागि गरिएका प्रतिबद्धताहरु तथा एजेन्डाहरु प्राप्त बजेट र प्रदेश सरकार , केन्द्रिय सरकार बाट बजेट माग गरि बिकास निर्माणको काम गरिरहेका छौँ । 
साथै प्रतिबद्धतामा उल्लेख भए बमोजिमका विषयलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेका छौँ । बाकी कार्यावधिमा बिगतका अधुरा अपुरा योजनालाई आत्मसात गरि अगाडि बढिरहेका छौँ । उक्त वडा अन्तर्गत का गाउँटोल स्तरबाट योजना छनौटका साथै बजेट कार्यान्वयनमा समेत सम्पुर्ण वडावासीहरुको उत्साहजनक सहभागिता तथा सहयोग हुने गरेको जानकारी दिनुभयो । वडाको बिकास, योजना निर्माण, बजेट कार्यान्वयन ,कार्यक्रम सम्पन्नको लागि उपभोक्ता समिति गठन गरिने भएकाले सहजता हुने गर्छ । वडाको बिकासको कार्यमा तथा अन्य अभियानहरुमा सबै वडा सदस्यहरुको एकता तथा सहकार्य हुने गरेको छ । सबै जनप्रतिनिधिहरुको सामुहिक निर्णयबाट वडाका बिकास योजनाहरु सम्पन्न गर्दैछौँ ।
वडामा बालबिवाह न्यूनीकरण र रोकथामका लागि समेत विभिन्न कार्यक्रमहरु गरेका थियौ । त्यस्तै महिला हिंसाको समस्यालाई रोकथाम तथा नियन्त्रण गरिरहेका छौँ । भौतिक पुर्वाधार बिकास तर्फ सडक निर्माण देखि बिजुली खाने पानी शिक्षा, स्वास्थ्य, कृषि, जस्ता कामहरु भएका छन । जानकी ३ को सिमाना कालिकापुर बढैइही टोल देखि दक्षिण दमादनपुर हुदै लिहारी, बाबाकुट्टी देखि दक्षिण जानकी १ को सिमाना जोड्ने गरि छोटिपुर सम्म ५ किलोमीटर नयाँ बाटो निर्माण भएको छ । इनरुडेक को सहायतामा गाउँ घर खोप किल्निक स्वास्थ्यचौकी , निर्माण गर्ने योजना समेत रहेको छ  । बिद्यालयहरुको मर्मत सम्भार समेत गरिएको छ । त्यसैगरी भैयापुर , चौधरीपुर,साहपुर,मा ग्राभेलिङ भएको छ । जसले गर्दा वडावासीहरु सन्तुष्टका साथै हर्षित भएका छन । जसले गर्दा स्थानीयतह आउनु भन्दा पहिले विभिन्न किसिमका समस्याहरु झेल्दै आएका थियौ तर अहिले त्यो समस्या बाट मुक्त भएको वडावासिले बताउनुभएको छ । 
जनपक्षीय वडा अध्यक्ष गुप्ताले  शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी , बाटो निर्माण लागायतका  विभिन्न योजनालाई प्राथमिकतामा राख्नु भएको छ । वडामा रहेका धार्मिक तथा सास्कृतिक पहिचान झल्काउने खालका भौतिक संरचनाहरु , शैक्षिक संस्थाहरुको मर्मत संम्भार गर्नुका साथै अनुदान समेत प्रदान गर्दै आउनु भएको छ । त्यस्कासाथै वडावासी , जनप्रतिनिधि तथा कर्मचारीहरु बीचमा एकरुपता कायम भएको छ । वास्तवमा अहिले स्थानीय सरकार आएको हुँदा विभिन्न किसिमका सेवासुबिधा, बेरोजगारलाई  स्वरोजगार बनाउनुका साथै , आवश्यक पर्दा सहयोग समेत पाइएको वडावासिले जानकारी दिनुभयो । यसरी परिवर्तन भएको हुँदा जनप्रतिनिधि लगायत स्थानीयवासि सबैमा खुसियाली छाएको छ । 
त्यसैगरी चौधरीपुर मा शंकर थापा को घर देखि उत्तर देव इट्टा भट्टा हुँदै जंगली बाजेको घरसम्म १ किलोमिटर  नयाँ बाटो निर्माण गरिएको छ साथै चालू आर्थिक वर्षमा ग्राभेलिङ्ग गर्ने योजना समेत रहेको अध्यक्षले जानकारी दिनुभयो । वडा अन्तर्गतका विभिन्न टोलहरुमा नाली निर्माण पिपिसी ढलान, कालोपत्रे, समेत भएको छ । स्थानीयवासिका अनुसार वडा अध्यक्ष गुप्ता आउनु भन्दा पहिले आवतजावत मा समस्या सिर्जना हुन्थ्यो तर अहिले  धेरै परिवर्तन भएकोले हामीलाई सहज भएको जानकारी दिनुभयो । तसर्थ सचिव कविता रेग्मी , हेल्प डेस्क अशोक गुप्ताले पनि अहम भुमिका निर्वाह गर्नुभएको छ । जस्ले गर्दा निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुको काम कर्तव्य प्रती वडा वासिहरु सन्तुष्ट भएको स्थानीयले बताउनुभयो । वडाको मातहतमा उपभोक्ता समितिको गठन गरिने भएकाले सबै योजनाहरु समयमै सम्पन्न र भरपर्दो हुने गर्छ भनि वडा अध्यक्ष गुप्ताले भन्नुभयो । त्यसैगरी बेलभार नमाजिगाउँ ,बनकट्टुवापुर्वा,भुरङगिपुर, छोटिपुर, भैयापुर,लगायत टोलमा पिपिसी नाली निर्माण कालोपत्रे, समेत भएको बताउनुभयो । बिकासका योजनाहरु कार्यन्वयनका लागि प्रदेशसरकार ,संघिय सरकार तथा स्थानीय सरकारद्वारा प्राप्त बजेटबाट सम्पन्न भएको बताउनुभयो । साथै अधुरा योजनाको कार्यान्वयनका लागि बजेटको समेत माग गरिएको जानकारी दिनुभयो । साथै गाउँपालिका बाट वडाको बजेट निकासीमा समेत ढिलासुस्ती हुने गरेको जानकारी दिनुभयो । वडाको बिकास निर्माणका लागि सधैं इमान्दार तथा जनपक्षीय भएर योजनाहरुको कार्यान्वयन गर्नुभएको छ ।
बिगत लामो समय देखि सामाजिक सेवामा कार्यरत गुप्ता स्थानीयवासिको हकहितमा सदैव तदारुकताका साथ लाग्नु भएको छ । बेरोजगारहरुको लागि स्वरोजगार तथा आत्मनिर्भर बनाउनका लागी विभिन्न सिपमुलक तालिम जस्तै मोबाईल सम्बन्धि, सिलाइकटाइ सम्बन्धि, वायरिङ, बाख्रा बितरण, कुखुराका चल्ला समेत वितरणगरि खोरको समेत ब्यवस्थापन गरिरहेको जानकारी दिनुभयो । कृषि पेशामा संलग्न किसानहरुलाइ बेमौसमी तरकारीको बीउ बिजन, विभिन्न किसिमको अनुदान प्रदानका साथै सिचाइको समेत ब्यवस्थापन  गर्दै आउनु भएको छ । हाल चालू आर्थिक बर्षमा ५५ लाख बजेट वडामा बिनियोजन भएको छ । बिकास निर्माण लगायत भौतिक पुर्वाधारहरुको मर्मत सम्भारको योजना अन्तर्गत खर्च गरिने योजना रहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech