यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि संचारकर्मीहरुसंग अन्तरक्रिया

शाख न्यूज    प्रकाशित: २०७७-९-२२ गते   ५१६ पटक हेरिएको

नेपालगन्ज २२ पुस - यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक अभिमुखिकरण गोष्ठिमा सहभागीहरुले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । बुधवार बी ग्रुप नेपालगन्जले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे छलफल कार्यक्रममा संचारकर्मीहरुले स्वास्थ्य विषय आफैमा गम्भीर भएको हुनाले यसलाई रोकथाम तथा जनचेतनाको लागि खुलेर बहस गर्न आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।
यौन तथा प्रजनन स्वास्थ्यवारे छलफल कार्यक्रम गरि सहभागी पत्रकारहरुले खुलेर छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।
बी ग्रुपले बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत् यौन तथा प्रजनन अधिकारका सवालमा किशोंरावस्थाका युवायुवतीहरुलाई सचेतिकरण कार्यक्रम गर्दै आएको परियोजना संयोजक दिनेश चौधरीले बताउनुभएको छ । उहाँका अनुसार, यो परियोजना बाँकेको खजुरा गाउँपालिका र बर्दियाको मधुवन नगरपालिका र बारबर्दियामा विगत दुई वर्षदेखि चलिरहेको छ ।
खासगरी किशोरावस्थामा आउने परिवर्तन र त्यसबारेको बुझाइ सकारात्मक बनाउन यो कार्यक्रमले बालबालिका र किशोरकिशोरीहरुको समूह गठन गर्ने गरेको छ । तीन पालिकामा १२ वटा गल्स र १२ वटा व्याइजगरी २४ वटा समूह गठन गरिएको छ । १० देखि १५ र १६ देखि २४ वर्ष उमेर समूहमा विभाजन गरेर समूह बनाइएको छ ।
यी समूहमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा उनीहरुलाई जानकारी दिएर समुदायस्तरका अन्य बालबालिका तथा किशोरकिशोरी र युवाहरुलाई यसबारेमा सूचना प्रवाह गर्ने काम हुँदै आएको संयोजक चौधरीले बताउनुभयो । नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, अहिले पनि उमेर नपुगेरै गर्भधारण गर्ने र बा आमा बन्ने किशोरकिशोरीको संख्या डर लाग्दो छ ।
उक्त तथ्याङ्कबारे जानकारी दिदै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक टीकामाया गुरुङले नेपालको कुल जनसंख्याको १७ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बन्ने गरेको बताउनुभयो । जसका कारण मातृ मृत्युदर घटाउन चुनौतिपूर्ण छ भने शिशु मृत्युदर पनि बढेको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्लान नेपालको सहकार्य र बि ग्रुपको आयोजनामा भएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech