आठौं बार्षिक साधारणसभा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७७-८-२७ गते   ८९१ पटक हेरिएको

नेपालगन्ज २७ मंसिर- सामना शक्ति विकासका लागि सद्भावपुर्ण सहकार्य भन्ने मुल नाराका साथ अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड राँझाको आठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुबेदीको प्रमुख आतिथ्यतामा भएको आठौं साधारणसभाको अध्यक्षता अग्रगामी सहकारीका अध्यक्ष उषा थापाले गर्नुभएको थियो ।
साधारणसभालाई प्रमुख अतिथि सुवेदीले सहकारीका सात सिद्धान्त बमोजिम उद्घाटन गर्नुभएको थियो । बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै सुबेदीले सहकारी संस्था सबैको साझा फुलबारी रहेको जानकारी गराउनुभयो । सहकारी सामुहिक व्यवसाय भएको हुनाले सहकारीले उत्पादन गरेको बस्तुको विक्री वितरण गर्ने र घरमा भएको पैसा बचत गर्ने हामीसंग नभएको पैसा निकाल्न मिल्ने र व्यवसाय गर्न सकिने एक माध्यम सहकारी रहेको अध्यक्ष सुबेदीले जानकारी गराउनुभयो ।
राजनीतिक बिभेद, लैङगिक बिभेद, जातिय विभेद, हिन्दु मुस्लिम, शिख, इसाई, महिला विभेद नगरिने संस्था भनेको सहकारी रहेको हुनाले सहकारी सबैको साझा फुलवारी, सुन्दर फुलबारी हो यसलाई सबैले माया गरिनुपर्ने कुरामा जोड दिनुभयो । सहकारीले देशको आर्थिक भारदेखि लिएर बैदेशिक रोजगारीमा जाने युवाशक्तिलाई समेत रोजगारको व्यवस्था गरेको कुरा उहाँले उल्लेख गर्नुभयो । सहकारीमा ६५ हजार जनशक्ति प्रत्यक्ष रोजगारीमा रहेको यकुरा समेत उहाँले जानकारी गराउनुभयो ।
यस्तै अग्रगामी सहकारीका अध्यक्ष उषा थापाले ६९ सदस्यबाट खोलिएको सहकारी आठौं बर्षमा पुग्दा ८ सय ४४ जना शेयर सदस्य पुर्याउन सफल भएको जानकारी गराउनुभयो । सहकारीले महिला हिंसा अन्तराष्ट्रिय नारी दिवस, सामाजिक कार्यमा सहभागि भएको समुहको अनुगमन, सहकारी तालिम, कोभिड १९ न्युनिकरण गर्न समुदायमा मास्क वितरण, समाजमा हुने गरेको बिकृति र विसंगतिका साथै घरेलु हिंसा लगायत सामाजिक झै झगडाहरु न्युनिकरण गर्न सहकारीले सहयोग गर्दै आएको अध्यक्ष थापाले जानकारी गराउनुभयो ।
यस्तै आब २०७७/२०७८ मा सहकारीले आत्मनिर्भरका लागि कृषि, पशुपालन, उद्योग र व्यवसाय संचालन गर्न सहकारीका सदस्यहरुलाई प्रोत्साहन गरिने, सहकारी समुह समुह विच सहकारी शिक्षा सम्बन्धि जानकारी, क्षमता अभिबृद्धिका लागि संचालक एवं उपसमितिहरुलाई तालिम प्रदान, सरसफाई लगायत विभिन्न कार्यक्रम गर्ने योजना रहेको जानकारी गराउनुभयो । २०६९ सालमा स्थापना भएको सहकारीले ३४ हजार ५ सयबाट सुरुवात गरिएको शेयर पुजीबाट संस्थाले आठौं बर्षमा पुग्दा ५९ लाख ६६ हजार चालुपुजी राख्न सफल भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसबर्ष लेखा समितिले गरेको कारोबारमा कुल बचत तर्फ आ.ब.मा २ करोड १७ लाख ८ हजार ५ सय ४६ रुपैया बाँकी रकम रहेको छ भने यस आवमा २ करोड ३ लाख ३५ हजार २ सय २१ रकम संकलन भएको छ । अग्रगामी सहकारीको ४३ वटा केन्द्र रहेको छ । जसमा शेयर सदस्य ७९१, बाल बचततर्फ ५३ गरि जम्मा ८४४ सदस्य रहेका छन् । संस्थाले बार्षिक ३२३८३५१०.२३ कारोबार गर्ने गरेको  छ । संस्थालाई विभिन्न किसिमका योगदान गरेका तथा नियमित बचत, नियमित ऋण तथा बाल बचत गर्ने सदस्यलाई सम्मान गरेको छ । सहकारीको आठौं बार्षिक साभारणसभा कार्यक्रममा राष्ट्रिय सहकारी संघका कार्यसमिति सदस्य विजया धिताल, अग्रगामी सहकारीका सल्लाहकार शान्ति ढकाल, शेयर सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech