शैक्षिक गुणस्तर तथा बिकासमा पनि राजनीतिक हस्तक्षेप – बिनोद थारु

शाख न्यूज    प्रकाशित: २०७७-८-२३ गते   ८७८ पटक हेरिएको

बाँके २३ मंगलबार- बाँके स्थित बैजनाथ गाउँपालिका-७ पेडारीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय २०१६ सालमा स्थापना भएको थियो । सो विद्यालय विभिन्न प्रकारको राजनितीका कारण अहिलेसम्म बिकास हुन नसकेको नेपाली कांग्रेस महासमिति सदस्य एवं थारू कल्याणकारिणी सभा बाके जिल्ला अध्यक्ष बिनोद थारुले भन्नू भयो । यहाँबाट जितेर जाने जनप्रतिनिधिहरुको बेवास्ता रहेको बताउनु भयो । सोमबार कार्यक्रमका प्रमुख अतिथि नेकपा लुम्बिनी प्रदेश सचेतक उषा पुनले शिलान्यास गर्दै आफु पनि विद्यालयको लागि  सहयोग तथा सधैं अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि थारुले राजनितीक हस्तक्षेपको कारणले विद्यालयको गुणस्तर कमजोर र बिकासमा ढिलासुस्तीका कारण उक्त विद्यालय पछि परेको छ र यहाँका स्थानीय जनताले समस्यामा रहेका छ्न । यहाँ बाट चुनावमा आएर जनतालाई झुठो आश्वासन देखाउदै विद्यालयलाई हेला गरेका छन् अब आउने निर्वाचनमा जनताले यसको जवाफ् दिनुपर्ने अध्यक्ष थारुले दाबी गर्नुभयो । २०२८ सालमा शिक्षा नीति आए नि यो विद्यालयलाई किन हेला गरियो । किन यहाका जनता थारु हुन के हामीलाई बराबर अधिकार छैन जब सम्म दोहोरो नीति राज्यले गर्छ तब सम्म देशको बिकास समाजको बिकास हुन सक्दैन । यहाँबाट प्रतिनिधित्व गर्नेको नियत साफ हुन आवश्यक छ । यहाँका जन प्रतिनिधि उच्च पदियका बुद्धिजीवीहरुले समेत सो विद्यालयलाई अवहेलना गरेको गुनासो तथा पुर्ब सिचाइ मन्त्री दल बहादुर सुनारले समेत विद्यालयमा कुनै योगदान नदिएको थारुले बताउनु भयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech