शुभकामना आदानप्रदान कार्यक्रम राप्तिसोनारीमा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७७-७-९ गते   ९५७ पटक हेरिएको

बाँके ०९ कार्तिक - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्तिसोनारी गाउँपालिका वडा न २ र राष्ट्रिय युवा संघ बाँकेको आयोजनामा महानपर्व बिजयादशमी, शुभदिपावली, छठ लगायत मोहम्मद-डे को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै कार्यक्रम समपन्न भएको हो । शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राप्तिसोनारी गाउँपालिका भरी छरिएर रहेका सम्पुर्ण वडावासी लगायत देशबिदेशमा रहनु भएका युवाहरुलाइ एकत्रित हुन र आपसी एकता र सद्भाव कायम रहोस भनी सभापति तथा नेकपा राप्तिसोनारी गाउँपालिका वडा न २ कमिटीका अध्यक्ष समेत रहेका घनश्याम ओलिले शुभकामना मन्तव्य दिनु भयो ।

साथै सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कृष्णा केसी (नमुना) ले राप्तिसोनारी गाउँपालिकाका युवाहरुको लागि  जिमको व्यवस्था , राप्तिसोनारी गाउँपालिका २ मधुवामा समेत दुर्गा मुर्ति स्थापना गर्ने प्रतिबद्धताका साथै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । राप्तिसोनारी गाउँपालिका वडा न. २ का सदस्य  तथा राष्ट्रिय युवा संघ नेपाल बाँकेका युवा नेता ज्ञानु ओलि ले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सो कार्यक्रमले युवाहरुलाइ एकजुट हुने संदेश प्रवाह गर्दै  सकारात्मक कार्यमा लाग्न उत्प्रेरणा मिलेको समेत बताउनुभयो । त्यस्तैगरि राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँपालिकाका संयोजक समीर बिष्ट, नेकपा प्रदेश कमिटी सदस्य रामदाश थारु, नेकपा राप्तिसोनारी गाउँपालिका अध्यक्ष श्यामबहादुर घर्ती, नेकपा राप्तिसोनारी गाउँपालिका सह- इन्चार्ज मन्जु रोकाय लगायतका अतिथिले शुभकामना मन्तव्य दिनुभएको थियो भने राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला कमिटी सदस्य सुनिल गिरिले सो कार्यक्रमको संचालन गर्नुभएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech