नेपालगन्ज मोडेल एकेडेमीद्वारा बाढीपीडितहरुका लागि २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ सहयोग

शाख न्यूज    प्रकाशित: २०८३-५-२४ गते   २४५ पटक हेरिएको

बाँके - नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर- १८ नेपालगन्ज मोडेल एकेडेमीका विद्यार्थी  शिक्षक, कर्मचारी, सञ्चालक समिति र विद्यालयले राहत रकम संकलन गरी प्याब्सन बाँके मार्फत प्याब्सन रिलिफ फन्ड हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ  बुधबार एक कार्यक्रम बीच  प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरिएको छ । 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक बिज्ञान शाहाले जानकारी दिएका छन् । 

विद्यालयले विपद्का बेला विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगको भावना विकास गर्न समेत यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

यस मानवीय कार्यमा हातेमालो गर्नुहुने सम्पूर्णलाई विशेष धन्यवाद दिँदै विद्यालय परिवारले विपदको यस कठिन घडीमा पीडितहरूको यथाशीघ्र उचित व्यवस्थापनको लागि नेपाल सरकारसँग हार्दिक अपिलका साथै विपदमा ज्यान गुमाउने नागरिकहरूको आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech