नेपालगन्ज १८ भदौ -अदर्स ग्रुपद्वारा सञ्चालित शैक्षिक संस्थामा कार्यरत कर्मचारी र विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
सो ग्रुप आबद्ध शैक्षिक संस्थाका शिक्षक, कर्मचारी र विद्यार्थीहरूले संकलन गरेको करिब ३ लाख रुपैयाँ सहयोग गरेका हुन्। बाढी, पहिरो र प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको राहत तथा उद्धारका लागि उक्त रकम संकलन गरिएको हो।
संकलित रकम बैंकमा जम्मा गरी सोको भौचर आज एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई हस्तान्तरण गरिएको छ। विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर उक्त सहयोग भौचर बुझाएका हुन्।

विपत्तिका बेला राज्यलाई सहयोग गर्नु नागरिक र विद्यार्थीको पनि दायित्व भएको भन्दै शैक्षिक संस्थाले यो सराहनीय कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले धन्यवाद ज्ञापन गरेको छ।