जानकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा

सेवाग्राहीको मर्कालाई ध्यानमा राख्दै हाललाई तल्लो तला (Ground Floor) बाट सेवाहरू सुचारु गरिएको छ।

शाख न्यूज    प्रकाशित: २०८३-३-३१ गते   २३२ पटक हेरिएको

बाँके - जानकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन भूमिपूजा गरी औपचारिक रूपमा सञ्चालनमा आएको छ । भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेसँगै गाउँपालिकाले बिहीबारदेखि आफ्नै नयाँ र व्यवस्थित भवनबाट सेवा प्रवाह सुरु गरेको हो।

नयाँ प्रशासनिक भवनमा प्रवेश गर्नुअघि गाउँपालिकाले परम्परागत धार्मिक विधि अनुसार भूमिपूजा सम्पन्न गरेको थियो। मुख्य भवनको फिनिसिङको काम अन्तिम चरणमा रहेकाले सेवाग्राहीको मर्कालाई ध्यानमा राख्दै हाललाई तल्लो तला (Ground Floor) बाट सेवाहरू सुचारु गरिएको छ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण राजेन्द्रप्रसाद बाजपेयीले गरेका थिए । सो उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु र बिभिन्न शाखाका शाखा प्रमुख, प्राविधिक शाखाका प्रमुख बिकास जिसि, कर्मचारी लगायत बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech