अन्नबालीको बीउबिजन मूल्यशृङ्खला विकासका लागि 'क्लस्टर स्तरीय बहुसरोकारवाला गोष्ठी' सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८३-३-२० गते   ३४९ पटक हेरिएको

नेपालगन्ज — कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) को सहयोगमा नेपाल सरकारमार्फत कृषि विकास बैंक लिमिटेडद्वारा सञ्चालित ‘कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला’ (VITA) परियोजना अन्तर्गत बाँकेमा एक विशेष गोष्ठी सम्पन्न भएको छ। बाँके जिल्लाको राप्ती सोनारी क्लस्टरमा रहेका अन्नबालीको बीउबिजन मूल्यशृङ्खला विकासका लागि 'क्लस्टर स्तरीय बहुसरोकारवाला गोष्ठी' (Cluster level Multi Stakeholder Platform Workshop on Cereal Seeds) आयोजना गरिएको थियो ।

नेपालगन्ज-१२ स्थित लिला प्यालेसमा आयोजित उक्त कार्यक्रममा बीउबिजन मूल्यशृङ्खला सम्बन्धि आपूर्तिकर्ता, उत्पादक, सहकारी, सङ्कलक, प्रशोधक—तथा प्राविधिक सेवा प्रदायक र सरोकारवाला निकायहरूबीच शनिबार छलफल भएको थियो।

कार्यक्रम राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारु प्रमुख आतिथ्यता र कृषि विकास बैंक लि. प्रदेश कार्यालय दाङका निर्देशक नवीन कुमार पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा. विनोद घिमिरे, कृषि अनुसन्धान निर्देशनालय खजुराका वैज्ञानिक आनन्द चौधरी, र बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिनेश प्रसाद भट्टराईले विशेष प्रस्तुतीकरण राखेका थिए। यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुराका वैज्ञानिक झरना उपाध्यायले पनि आफ्नो प्रस्तुतीकरण दिएकी थिइन् ।

कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक सुशील हुमागाईं, कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभागका विभागीय प्रमुख एवं भिटा (VITA) परियोजना , प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन नेपालगन्ज, जिल्ला कृषि सहकारी संघ बाँके, हेफर प्रोजेक्ट नेपाल (HEFER PROJECT NEPAL), तथा नेपालगन्ज, राप्ती सोनारी र खजुराका कृषि विकास शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

साथै, बीउ उत्पादक कृषक, विभिन्न सहकारी तथा समूह, बीउ प्रशोधक तथा उत्पादक कम्पनीहरू र एग्रोभेट व्यवसायीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech