जानकी गाउँपालिका ३ को बिकास निर्माण कार्यमा जोड

शाख न्यूज    प्रकाशित: २०७७-६-२२ गते   ४४४ पटक हेरिएको

बाँके २२ असोज - बाँकेको जानकी गाउँपालिका ३ का वडावासी हरु खुसीमा भएका छन् । केहि बर्ष पहिलेको जस्तो पिडा अहिले भोग्नु परेको छैन । स्थानीय निर्वाचनमा वडा अध्यक्ष  पदको जिम्मेवारी पाएका बिन्देश्वरी बर्मा लामो समयसम्म समाजसेवीको रुपमा काम गर्दै आउनु भएको थियो । जनताले दिएको अमुल्य मतबाट बिजय भएको हुँदा जनताको हकहितका लागि तथा सेवा सुबिधा प्रदान गर्नका लागि अथक मिहेनत तथा  प्रयास गर्दैछु । अवश्य सकिन्छ, म अहिले जनताको प्रतिनिधिको रुपमा काम गर्दा विवादका साथै विभिन्न किसिमका बाधा अवरोधका बावजुद पाएको जिम्मेवारी पुरा गर्न निरन्तर अहोरात्र खटिएको छु । म  निर्वाचित भइ आफ्नो जिम्मेवारीहरु निर्वाह गर्दैछु । वि.स.२०२५ साल भदौ ६ गते जमिनदारको परिवारमा जन्मिनु भएको हो । हिन्दु समुदायमा जन्मिएका बर्मा शिक्षा क्षेत्रमा पनि निरन्तर अगाडि बढ्दै जानू भयो । त्यसपछि उहाँले वि.स. २०५६ देखि समाजिक कार्य गर्दै आउनुभएको थियो । २०५९ साल देखि २०७२ साल सम्म  स्थानीय बिद्यालयको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष को पदमा ३ पटक जिम्मेवारी बहन गर्नु भयो । वि.स. २०७३ सालमा नेपाली काङ्ग्रेस पार्टी द्वारा सक्रिय सदस्यको भुमिका निर्वाह गर्नु भयो । जसले गर्दा मलाई राजनीतिक यात्रामा अगाडि बढाउन अझ सहज भयो । २०७४ सालको  स्थानीय चुनावमा पार्टीले अध्यक्षको टिकट दिएपछि जनताको अमुल्य  मतले गर्दा जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएको थियो।
जानकी गाउँपालिका ३ इन्द्रपुरका विभिन्न बस्तीहरुका स्थानीयलाई बिगतका दिनहरुमा कच्ची, बाटो, खाल्डाखुल्डी र धुलाम्मे सडकबाट आवतजावत गर्नका लागि समस्या उत्पन्न भएको थियो  । जसले गर्दा स्थानीय सरकारको गठन भएसंगै सो समस्याहरुको समाधान भएको छ । गत बर्षमा वडावासिहरुलाइ खानेपानीका लागि घर घरमा नल्का समेत बितरण गरिएको थियो । जानकी गाउँपालिका वडा न. ३ का बस्तीहरुका बाटोहरु फराकिलो बनाउदै पिपिसी ढलान ,र  नाला निर्माणकार्य तीब्र गति सम्पन्न भएका छन यसका साथै बाकी गत बर्षमा अधुरा तथा अपुरा योजना हरुलाइ चालू आर्थिक बर्षमा सम्पन्न गर्ने अध्यक्ष बर्माले जानकारी दिनुभयो । वडा अन्तर्गतका बस्तिहरुमा भएका साघुँरा बाटालाइ फराकिलो र पक्की समेत बनाउदै आउनुभएको छ । वडाको निर्णयलाइ आत्मसात गर्दै वडावासिहरुले स्वस्फूर्त रुपमा सडक नाला निर्माण हुँदै आइरहेको छ । खाल्डाखुल्डी , धुलो, कच्ची र साघुँरा बाटोहरु अहिले सिमेन्टको पक्की पिपिसी ढलान र नाला निर्माणले वडावासिहरुलाइ आवतजावतमा सहज भएको छ ।
जसको प्रतिफल अहिले यहाँका सडकहरुमा सहजै साइकल, मोटरसाइकल, र ठुला सवारी साधन गुडुरहेका छन् । त्यससँगै स्थानीय सरकार को गठन भए संगै वडामा बिकास निर्माणका कार्यहरु निरन्तर भैरहेकाले वडावासी हरु सन्तुष्टका साथै हर्षित भएको वडावासीहरु को भनाइ छ । वडावासिका अनुसार बिगतका दुई बर्ष अगाडि हिडडुल गर्न समेत समस्या हुन्थ्यो भने अहिले त्यो समस्या बाट मुक्ति पाएको बताउछन् ।
गत बर्षका बजेट बाट बस्तीहरुमा सिमेन्टको ढलान गरिएको सडक निर्माणले बस्तीहरुमा स्थानीय सरकारको ध्यान केन्द्रित भइरहेको सचीव लालबहादुर रानाले बताउनुभयो । वडाले लामो समय सम्म टिकाउका साथै स्तरीय बनाउनका लागि पिपिसी लाई नै विशेष महत्त्व दिएको सचीव रानाले जानकारी दिनुभएको हो । बर्षातमा हिलो पानी जम्ने तथा हिउँदमा धुलोले गर्दा हिंड्न् समेत कठिन हुन्थ्यो भने अहिले ढुक्कसँग आवतजावत समेत गर्न पाइएको छ।
नन्दनिमिल (खजुरा रोड) , शिवसेना गेट हुँदै कर्मोहना सम्म २ किलोमीटर लम्बाई र १० मिटर चौडाइ कायम गरि पिच बाटो निर्माण भएको छ । रमापुर, मोतिपुर, बन्जाडे गाउँ अन्तर्गत  ३ मिटर बाटो लाई ८ मिटरको बाटो सहित नाली निर्माणभएको हो । सो योजना को ८० प्रतिशत कार्य गत बर्षमा गरिएको र बाकी २० प्रतिशत चालू आर्थिक बर्षमा सम्पन्न गरिने बताउनुभयो । रम्वापुरको पश्चिम रिहारपुर्वा देखि अमिला नाला र कागपुर हुँदै सहादत पुर खजुरा रोड, सहादतपुर हुँदै कार्बला देखि कालिकापुर सम्म कच्ची बाटो निर्माण भएको छ । समाजसेबि अतुल कुमार बर्मा ले पानी ट्यांकी निर्माणका लागि ४ कठ्ठा जमिन सहयोग गर्नुभएको छ ।चालू आर्थिक वर्षमा वडा कार्यलयको भवन निर्माण गर्ने योजना समेत रहेको सचीव रानाले जानकारी दिनुभयो । त्यस्तै आर्थिक बर्ष २०७७/७८मा वडामा ७० लाखको बजेट बिनियोजन भएको छ । वडावासिको हकहितका लागि तथा मागेका, चाहेका,र भनेका कुरा पूरा गर्दै आइरहेका छौं । व्यक्तिगत रुपमा पनि वडावासी लाई सहयोग गर्दै आइरहेका छौं  । हामी वडाको बिकासका लागि सामुहिक सहकार्य गरेर काम गर्दै आइरहेका छौं  । कोरोना प्रकोप र लकडाउनमा वडावासी श्रमिक , मजदुर , गरिब बिपन्न परिवारहरुलाइ स्वास्थ्य लगायत खाद्यान्नका सामग्री समेत बितरण गरिएको सचीव रानाले बताउनु भयो ।  बिकास निर्माणकार्यहरुमा जनप्रतिनिधि , कर्मचारी लगायत वडावासीहरु संगको सामुहिक समन्वय र सहकार्यले अगाडि बढिरहेका छौं वडा अध्यक्षले भन्नूभयो । साथै वडाबाट प्रवाह गर्नुपर्ने सेवाहरु नियमगत तथा प्रक्रियागत रुपमा वडावासिहरुलाइ निरन्तर दिने गरेका छौं ।
मैले स्थानीयवासिहरु संग सम्बन्धित रहेका तथा उनीहरुको बिकासका सबै योजनाहरुको गहन अध्ययन गर्दै पूरा गरिरहेको  अध्यक्ष बर्माले जानकारी दिनुभयो । स्थानीय तहमा आफ्नो काम कर्तव्य र अधिकार अनि कार्य क्षेत्र बारेमा जानकारी लिइसकेपछि त्यसको कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । त्यसैले अहिले वडामा बिकास द्रुतगतिमा भइरहेको हुनाले खुशी भएका वडावासीहरुले बताउनुभयो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech