प्रहरीद्वारा दुई लाख भन्दा बढीको अवैध तथा भन्सार छलिका सामान बरामद

बाँके प्रहरीद्वारा तस्करी नियन्त्रणका लागि विशेष टाेलीसमेत परिचालन

शाख न्यूज    प्रकाशित: २०८३-१-२६ गते   २२५ पटक हेरिएको

नेपालगन्ज - शुक्रबार मात्रै समयपत्र मिडियाकाे सामाजिक संजाल पेज लगायत  मिडियाबाट प्रशारण भएकाे थियो । तस्करी गरि ल्याउन लागिएको सामान बाँके प्रहरीले नियन्त्रणमा लिईसकेकाे जनाएको छ ।  राति-राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर सामजिक संजालमा भिडियाे सार्वजनिक भएकाे थियाे । 

बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर - १ सैनिक क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पातलीले शनिबार जानकारी दिएका छन् । भारतबाट नेपालतर्फ हुने तस्करी नियन्त्रणमा निरन्तर सक्रियता रहेकाले विशेष प्रहरी टाेलीसमेत परिचालन गरिएको जानकारी दिएका छन् ।

राति-राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर सामजिक संजालमा भिडियाे सार्वजनिक भएकाे थियाे । बाँके प्रहरी सीमा क्षेत्रबाट हुने त्यस्ता अवैध गतिविधि नियन्त्रणमा तल्लीन रहेकाे दावीसमेत गरेकाे छ । 

मुख्य नाकामा कडाइ गरिएको र सहायक तथा खुल्ला क्षेत्रबाट निरन्तर सामान नेपालतर्फ भित्रिरहेकाे भनेर बारम्बार संचारमाध्यममा समाचार प्रकाशन भईरहेका छन् । मुख्य नाकामा गरिएको कडाइपछि खुल्ला नाका भएर हुने तस्करी नियन्त्रणमा प्रहरीले निरन्तर कडाइ गरेकाे छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech