चिकित्सक संघ भेरी शाखाद्वारा भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिने लाई कारवाही माग

शाख न्यूज    प्रकाशित: २०८३-१-१५ गते   ३६० पटक हेरिएको

नेपालगन्जः नेपाल चिकित्सक संघ भेरी शाखाले भेरी अस्पतालका चिकित्सकमाथि भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखाका अध्यक्ष डा रुपानन्द अधिकारी र सचिव डा प्रचण्ड गौतमद्धारा जारी विज्ञप्तिमा घटनामा संलग्नहरुलाई तत्काल गिरफ्तार गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ । शाखाको माग २४ घण्टाभित्र सम्वोधन नभए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सीबाहेकका सेवाहरु वन्द गर्ने चेतावनी समेत दिइएको छ ।

शाखाको मंगलबार बेलुका बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech