सुनचाँदी व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८३-१-११ गते   १९६ पटक हेरिएको

बाँके - नेपालगन्ज सुनचाँदी व्यवसायी संघले नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार संघका अध्यक्ष सलाउद्दिन जसगढको अध्यक्षतामा शुभकामना आदान प्रदानका साथै भित्तेपात्रो विमोचन गरिएको थियो । 

शुभकामना आदान प्रदान एवम भित्तेपात्रो विमोचन कार्यक्रममा अध्यक्ष जसगढले नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनहरुमा व्यवसायीहरुको अझ प्रगतिको कामना सहित  व्यवसायीको हकहितका लागी संघ सदैव साथमा रहेको बताएका छन ।

आयोजित कार्यक्रममा संघका कोषाध्यक्ष हिमांशु वैश्य, संघका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको महासचिव सुखनारायण सोनारले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech