कोहलपुर २० असोज - बाँकेको राप्तिसोनारी गाउँपालिका बिनौना ५ का रुपा चौधरी बुवा लक्ष्ना थारु र आमा बेल्मती थारु को कोख बाट २०५५ साल बैशाख २ गते थारु समुदायमा जन्मिनु भएको हो।
उहाँले भन्नू भयो म ७ बर्षको हुँदा आमाको निधन भयो । त्यसपछि बुवाले हुर्काउनु भयो पढाउनु भयो । दिनरात मेहनत गरि बुवाले हामिलाइ पाल्नु भयो । यसरी मध्यम बर्गिय पारिवारिक वातावरणबाट हामी गुजि्ररहेका थियौं । सानैमा आमा को माया पाएन तर पनि बुवाले हामिलाई आमाबुबा दुबैको माया दिनुभयो । जसले गर्दा म आज यो संसारमा निरन्तर अगाडि बढीरहेकी छु । आमा बितेपछी परिवारमा ठुलो बज्रपात भयो तर पनि बुवाले कहिले हिम्मत हार्नु भएन । सधैं दु:ख - कष्टकर जीवन बिताउनु भयो साथै हामी लाई खुशी दिनु भयो । यसरी बिगतका दिनहरुमा बुवाले गरेको दु:खलाई सम्झिदै उहाँलाई खुशी पार्न आफु सधैं एकरुपताका साथै निरन्तर संघर्ष गर्दै प्रगतिको बाटोमा हिडिरहने दाबी गर्नु भएको छ ।

उहाँले "कोरोना भाइरस" बोलको नेपाली म्युजिक भिडियोमा तथा "सुनो प्यारी" र "घोघी" बोलको थारु म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नु भएको छ । जसले आफुले पाएको विभिन्न किसिमको ज्ञानलाई आत्मसात गर्दै अहिले स्थानीय रेडियो कोहलपुरबाट "हेलो संघारी" र रेडियो भुवरभवानी अगैया बाट "छैला- छैली" को थारुको भाषाको कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।
म्युजिक भिडियोमा अभिनयका लागि मौका दिनुहुने अग्रज गुरुका साथै स्थानीय रेडियोमा थारु भाषाको कार्यक्रम संचालन गर्ने अवसर दिनु भएका अग्रज गुरु हरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । त्यसका साथै अब निरन्तर रुपमा कार्यक्रम संचालन गर्ने तथा सफल र कुशल संचालिका बन्ने आफ्नो सपनालाई पुरा गर्न हरेक किसिमका दु:ख , कष्ट , लगनशील , मेहनत , अनुशासितका साथै दुरदृष्टीले काम गर्दै जाने संचालिका रुपाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो - जुनसुकै क्षेत्रमा काम गर्दा पनि अनुशासन , लगानशिल, ईमानदारिता हुनु आवश्यक छन । त्यसैले सधैं आफ्नो लक्ष्यमा पुग्नका लागि सोको अनुशरण गर्दै अगाडि बढ्नु उचित हुन्छ भन्नुभयो ।
यसरी आफुले थारु भाषाको कार्यक्रम चलाउन थालेको सुनेर मेरो बुवा , लगायत साथी आफन्तहरु पनि खुशी भएको बताउनु हुन्छ ।