बाँके १६ असोज - नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले नगरको शान्ति सुरक्षा कायम गर्न निरन्तर रुपमा काम गर्ने बताउनु भएको छ । वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको तेस्रो दिन शुक्रबार नेपालगन्जमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै उहाँले शान्ति सुरक्षा कायम गर्नुलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
लागु औषध नियन्त्रण, जुवातास नियन्त्रणलाई कडाइका साथ गरिने उहाँको विश्वास छ । सिआइवीमा २१ महिना बसेकाले आफ्नो सीपलाई प्रयोग गर्दै अगाडि बढ्ने जानकारी दिनुभयो।जिल्लाको मातहतमा काम गर्नुपर्ने भएकाले त्यहाँबाट आउने निर्देशनलाई पूर्णरुपमा पालना गर्ने इन्चार्ज खड्काले बताउनुभयो ।
समुहगत अपराधलाई नियन्त्रण गर्न इन्चार्ज खड्काले त्यसका लागि सिआइवीको सीपको सदुपयोग गरिने बताउनुभएको छ । घरेलु हिंसा न्यूनिकरणमा पनि आफ्नो भूमिकालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । जिल्लाको सामाजिक सद्भाव कायम गर्ने सवालमा आफुले हरसम्भव प्रयास गरिने उहाँले जानकारी दिनुभयो ।