बाँके - नेपालगन्ज र डुडुवा क्षेत्रको गरिबी, अशिक्षा, सामाजिक विभाजन र असुरक्षा अन्त्य गर्दै समावेशी र सभ्य समाज निर्माणार्थ हामी नीतिगत सुधार गर्न प्रतिबद्ध छौं।
गरिबी न्यूनीकरण र मानव विकास
- अति विपन्न परिवार पहिचान गरी लक्षित राहत, सीपमुलक तालिम र आयआर्जन कार्यक्रम संचालनार्थ नीति तर्जुमा गरिनेछ। गरिब बालबालिकाका लागि निशुल्क गुणस्तरीय शिक्षा, पोषण र स्वास्थ्योपचार सुनिश्चित गर्न नीति तर्जुमा गरिनेछ। सामुदायिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति तथा विशेषज्ञ सेवा विस्तार गर्ने नीति तर्जुमा गरिनेछ।
राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँवस्तीका जनताको सुरक्षार्थ नीतिगत सुधारको पहल गरिनेछ।
शिक्षा र सामाजिक जागरण
-वयस्क साक्षरता तथा निरक्षरता उन्मुलन अभियान संचालनार्थ नीति तर्जुमा गरिनेछ।
सामुदायिक स्तरमा नागरिक शिक्षा, महिला चेतना र युवा नेतृत्व विकास कार्यक्रम संचालनार्थ नीति तर्जुमा गरिनेछ।
विद्यालयसमुदाय साझेदारीमार्फत शैक्षिक गुणस्तर सुधार अभियानको नीति तर्जुमा गरिनेछ।
धार्मिक सद्भाव र सामाजिक एकता
-अन्तरधार्मिक संवाद, सहिष्णुता र सद्भाव प्रवर्द्धन कार्यक्रम संचालनार्थ नीतिगत व्यवस्था गरिनेछ।
सामुदायिक मेलमिलाप केन्द्रमार्फत सामाजिक विवाद समाधानको कार्यलाई प्रोत्साहन गर्ने नीति तर्जुमा गरिनेछ।
पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर
- धार्मिक, सांस्कृतिक र सीमावर्ती पर्यटक प्रबर्द्धनका लागि विशेष नीति बनाइनेछ। जमुनाहा नाकामा भारतीय पर्यटकमैत्री सेवा, सूचना केन्द्र र सुरक्षित वातावरण सुनिश्चित गर्ने नीति तर्जुमा गरिनेछ।व्यवस्थित सहरी योजना, सरसफाइ, सडक उज्यालो र सार्वजनिक स्थलको विकास गर्ने नीति तर्जुमा गरिनेछ।सीमावर्ती गाउँवस्तीमा कृषि व्यवसाय फस्टाउन सघाउ पुग्ने नीति तथा कार्यक्रमहरू तर्जुमा गरिनेछ। युवा उद्यमीहरूका लागि विना धितो सून्य ब्याजदरमा ऋण उपलब्ध गराउने नीति तर्जुमा गर्न पहल गरिनेछ।
लागुऔषध नियन्त्रण र सुरक्षित समाज
- लागुऔषध दुरुपयोग नियन्त्रणका लागि कडा कानुनी कार्यान्वयन र सीमा निगरानी सुदृढीकरणको नीति तर्जुमा गरिनेछ। पुनर्स्थापना केन्द्र, उद्धार, परामर्श सेवा र युवामैत्री खेल-संस्कृतिका लागि नीतिगत व्यवस्था तथा उपलब्ध नीतिहरूको प्रभावकारी कार्यान्वयन गरिनेछ। विद्यालय तथा समुदायमा नियमित सचेतना अभियान संचालनको नीति तर्जुमा गरिनेछ।