नेपालगन्ज १४ असोज – कोरोना भाइरसका कारण आज ७ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधवार विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन । त्यसमध्ये अधिकांश उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको सख्ंया ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए । संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ४ सय ९८ जनाको मृत्यु भएको छ ।