बाँके १० असोज - बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुको हकहित र संरक्षणका लागि शनिबार समिती गठन गरिएको छ । गाउँपालिकामा कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै लेखा अधिकृत गौरव कुमार लामिछानेको अध्यक्षता १९ सदस्यीय समिती गठन भएको हो । कर्मचारीहरु माथी पटक पटक गरिएको अमानवीय कार्यका कारण सो लाई नियन्त्रण गर्नका लागि हकहित समिती गठन गरिएको लेखा अधिकृत गौरव कुमार लामिछानेले बताउनु भयो । उक्त समितीको उपाध्यक्षमा प्रकाश गौतम रहनुभएको छ । त्यस्तै समितीको सचिबमा लोकेन्द्र चन्द, कोषाध्यक्षमा शैलजा अधिकारी र सह-सचिबमा महेन्द्र खडका रहनुभएको छ। समितीको सदस्यहरुमा जगतराम थारु, रामचन्द्र ओली,राममणि बस्नेत,बुद्धिराज भण्डारी, सुरेश शर्मा, रोशन ओली, रेश्मा चौधरी, चेतराज चौधरी, सागर चौधरी, जंग बिसी, करण बिश्वकर्मा, सन्तोष पाण्डे, रेनुका लामिछाने र निर्मला ओली रहनुभएको छ । सो समितिले तदर्थ समितीको रुपमा कार्य गर्ने समितीका अध्यक्ष लामिछानेले बताउनुभयो। त्यस्तै समितीको सल्लाहकारमा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत रहनुभएको छ । अन्य सल्लाहकारमा शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, योजना प्रमुख बालानद पौडेल, डाक्टर गोबिन्द चौधरी र पशु शाखाका जय बहादुर कार्की लगायत रहनुभएको छ ।