बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको मृत्यु

शाख न्यूज    प्रकाशित: २०७७-६-१० गते   ५८५ पटक हेरिएको

बाँके १० असोज - कोरोना संक्रमित क्याम्पस प्रमुख अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका शनिबार दिउँसो भेरी अस्पतालको गेटमै ज्यान गएको हो । लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका अग्रवाललाई कोरोना पुष्टि भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । क्यान्सर र कोरोनाको विरामि रहेका क्याम्पसका प्रमुख अग्रवालको मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनु भयो । क्याम्पस प्रमुख अग्रवालले साढे दुई वर्ष देखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech