बाँके - पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो ।
शनिबार माघ १७ गते महोत्सवमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिएका छन् ।
बच्चा देखि बृद्दसम्म रुचाइएका कलाकार दुर्गेश थापाले आफ्ना दर्जनौ प्रस्तुति राख्नेछन। प्राबिधिक कारणले सोमबार आउन र दर्शक सामु उपस्तिथित हुन नसकेले माफी माग्दै शनिबार १७ गते उपस्थित हुने जानकारी दिएका छन् ।