बाँके १० असोज - बर्दियाली समाज बाँकेद्धारा नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बर्दिया जन्मथलो भएका बर्दियावासी बाँकेमा कर्मथलो बनाएका बर्दियाली समाज बाँकेले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन गरेका हुन् । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ शनिवार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
बर्दियाली समाज बाँकेको आयोजनामा नेपालगन्जको स्वष्तिक कटेजमा बृहत रक्तदानको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुबेदीले नेपाल रेडक्रस सोसाईटीलाई रगतको पोका दिई कार्यक्रमको उद्घाटन गरिएको थियो । वडा अध्यक्ष सुवेदी, शिव कुमार श्रेष्ठ, टेक सिह विक, रञ्जीत अधिकारी, बिष्ण बहादुर रिमाल, राम बहादुर केसी, सुशिल भण्डारी लगायत ३४ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र नेपालगन्जले गरेको थियो ।