प्रमुख प्रशासकीय अधिकृत खराललाई राप्ती सोनारीमा स्वागत

शाख न्यूज    प्रकाशित: २०८२-१०-१२ गते   ४९५ पटक हेरिएको

बाँके - राप्ती सोनारी  गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत  मणिराम खराल हाजिर भएका छन् । सुर्खेतको चिङगाड गाउँपालिकामा कार्यरत खराललाई राप्ती सोनारी गाउँपालिका बाँकेमा सरुवा गरिएको छ ।

सोमबार  आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरिएको छ । नियमित सरुवा प्रक्रिया अनुसार पदस्थापन भएका खराललाई गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुको अध्यक्षतामा परिचयात्मक कार्यक्रममार्फत स्वागत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खराललाई जेन - जि आन्दोलन पछि पालिकाको बस्तु स्थिति, गाउँपालिकाको संरचना, चलिरहेको विकास गतिविधि, सेवा प्रवाहको अवस्था तथा आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो ।

कार्यवाहक अध्यक्ष थारुले प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन, सुशासन र सेवा प्रवाह अझ प्रभावकारी र चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।

अधिकृत उपाध्यायले पनि सहकार्य, पारदर्शिता र नागरिक–मैत्री सेवालाई प्राथमिकता दिई कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा अधिकृत खराललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech