बाँके - पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । सोमबार माघ १२ गते महोत्सवमा ख्याति प्राप्त कलाकार दुर्गेश थापा सहित राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती रखिएको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । बच्चा देखि बृद्दसम्म रुचाइएका कलाकार दुर्गेश थापाले आफ्ना दर्जनौ प्रस्तुति राख्नेछन। त्यसैगरी डान्सर सिलसिला खाँड ठकुरी र गायक शिव संगित पनि सोमबार आउने भएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।
महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाँके गायक चन्द्र घायल, गायक हेमन्त पंगाली, गायक धर्म वि.क., गायक नयन नेपाली, गायक जनक वि.क., गायक नवराज साईला, गायक टेकेन्द्र विशाल, गायक भिम श्रीष साथमा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने खत्रीले जानकारी दिएका छन् । ।
महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले बताएका छन् । महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले जानकारी दिए । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ ।
नेपालगन्ज महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरु लगायतको बेजोड प्रस्तुती रहने गरेको छ । यसैबीच, दर्शक तथा व्यवसायीहरूको उच्च चापलाई मध्यनजर गर्दै महोत्सवको अवधि माघ १७ गतेसम्म थप गरिएको छ ।
उद्घोषिका ममता थापा, गायक/उद्द्घोषक विनोद परियार, गायक/उद्घोषक आर. जे. रास्कोटीले कार्यक्रम संचालन गर्ने आयोजकले जानकारी दिएका छन् ।