गायिका प्रिति, गायक श्रीकृष्ण र मोडल तथा डान्सर आरुसीको महोत्सवमा बेजोड प्रस्तुति

बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायक विशाल सोनी, गायिका सम्झना रनपाल, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती

शाख न्यूज    प्रकाशित: २०८२-१०-७ गते   ५१४ पटक हेरिएको

बाँके - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव बुधबार नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको थियो । 

त्यस्तै चर्चित गायक श्रीकृष्ण बम मल्लले प्रस्तुत गरेको गीत “डाँडाघरे साइली” ले पनि कार्यक्रम स्थलमा दर्शक झुमी झुमी नाचेर साथ दिएका थिए । गायक मल्लले पारी परि हिडेका ढाका टोपी लाएका, म त तिम्रो भैसके सानी विद्यानास कसम खाएको छैन लगायतका चर्चित  आधा दर्जन बढि चर्चित चर्चित गीत प्रस्तुत गरेका थिए ।

महोत्सवमा चर्चित गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक रमाएका थिए । महोत्सवमा चर्चित गायिका आलेले र्याप ब्याटल, दोहोरी गीत `आयो तेरो मिस´ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । महोत्सवमा गायिका प्रितीले चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल, डांडै माथी पिपल, सम्पत्ती मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ प्रस्तुत गरेकी थिइन् ।

यस्तै डान्सर तथा मोडल आरुसी अस्लामी मगरको नृत्य प्रस्तुति पनि दर्शकको रोजाइमा परेको थियो । उहाँको ऊर्जाशील नृत्य, आत्मविश्वासपूर्ण प्रस्तुति र लयबद्ध चालले कार्यक्रम स्थल झन् उत्साहपूर्ण बनेको थियो । आरुसीको नृत्य हेर्न दर्शकले लगातार ताली बजाएर साथ दिएका थिए भने उनको प्रस्तुतिले कार्यक्रमलाई अझै रमाइलो बनाएको थियो । महोत्सवमा डान्सर विन्दु विष्ट नृत्य प्रस्तुत गरेकी थिइन्  भने महोत्सवमा दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन भैरहेको छ जसमा १० जनाको प्रतिस्प्रर्धा भैरहेको छ ।

यस्तै भोली ८ गते बिहीवार नेपालगन्ज महोत्सवमा चर्चित गायक विशाल सोनी, गायिका सम्झना रनपाल, डान्सर विन्दु विष्टको बेजोड प्रस्तुती रहने छ भने माघ १० गते लोकप्रिय तथा चर्चित नायक पल शाहको बेजोड प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिएकी थिइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech