गायिका सिर्जना, गायक कमल बिसि र मोडेल करिश्माले नेपालगन्ज महोत्सवमा नचाए दर्शक

शाख न्यूज    प्रकाशित: २०८२-१०-३ गते   ८२ पटक हेरिएको

बाँके - नेपालगन्जमा जारी महोत्सवमा शनिबार चर्चित गायिका सिर्जना खत्री (हाउडे माया)को दमदार इन्ट्रि भएको थियो । गायिका खत्रीको इन्ट्रि भएपछि दर्शकको भिडले माहोल नै तातियो । गायीका सिर्जना  खत्री हाउडे मायाले पिपलु छाया लाहुरे माया, हाउडे माया, भुपु माया जलेर खरानी जस्ता थुप्रै गितहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेकी थिइन् । साथै गायिका सिर्जना खत्रीको म त निस्के एक नम्बर हरामी भुपु माया जलेर खरानी बोलको गितमा दर्शकहरु झुमिझुमी नाचिरहेका थिए ।

गायक कमल बिसि माइला दाईले कता कता, डोरी बाटेर, बर्दियामा घर छ मलाई के को डर छ लगायतका चर्चित गितहरु प्रस्तुत गर्दै चकलेटको गेम खेलाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

यस्तै मोडेल करिश्मा शाहीले नृत्य प्रस्तुत गर्नु भएको थियो भने दैनिक लोकदोहरी, स्थानिय कलाकारहरुको प्रस्तुती रहने गरेको छ ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिए । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिएका छन् । 

महोत्सवमा लण्डन बृज, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताएका छन् । महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले जानकारी दिएकी थिइन् । यस्तै भोली आइतवार नेपालगन्ज महोत्सवमा चर्चित गायक खुमन अधिकारी, गायीका इसबल सन्ज्याल, मोडेल निशा गिरीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले बताइन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech