गायिका रचना, संगीता र गायक शक्तिले नेपालगन्ज महोत्सवमा नचाए दर्शक

शनिवार नेपालगन्ज महोत्सवमा चर्चित गायक कमल विसी माल्दाई, गायीका सृजना खत्री (हाउडे माया), मोडल करिश्मा शाहीको बेजोड प्रस्तुती

शाख न्यूज    प्रकाशित: २०८२-१०-२ गते   १६२ पटक हेरिएको

बाँके  - नेपालगन्जमा जारी महोत्सवमा शुक्रबार चर्चित गायीका रचना रिमालले दर्शकलाई नचाएकी छिन् । फोटो फ्रिममा, अच्छा लेकिन लण्डनको चिसोले समाउला, सम्झीने पानी छम्किने, भन साइला, आउ तिमि ंअगालोमा, तिमीले सोचे भन्दा धेरै, उनको प्रिति अहिले हो कि पहिले लगायतका दर्जन बढि चर्चित गित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिएको थियो ।

यस्तै चर्चित गायीका संगिता बडुवालले पनि आफ्ना चर्चित गित प्रस्तुत गरेर दर्शकहरुलाई झुमी झुमी नचाएकी थिइन्। गायीका बडुवालले दर्शकहरुलाई देउडा गित गाएर दर्शकलाई देउडा खेलाएकी थिइन । गायक शक्ति चन्दले पनि दर्शकहरुलाई आफ्नो प्रस्तुतीले दर्शकहरुलाई झुमि झुमि नचाएका थिए ।

पुष ३० गतेदेखि संचालन भएको आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एंव व्यापार महोत्सव २०८२ सूरु भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा, बाँकेको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति नेपालगञ्ज उपमहानगरपालिका समितिको सह आयोजनामा सुरु भएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको आयोजक मुल समितिका संयोजक समर बहादुर खत्रीले जानकारी दिएका छन् । 

महोत्सवमा चर्चित नायक तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, कमल विसी माल्दाई, सृजना खत्री, गायीका शान्ति श्री परियार, गायक टक तिमिल्सेना, प्रिति आले, बद्रि पंगेनी लगायत दुई दर्जन बढि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहनुका साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने संयोजक खत्रीले जानकारी दिएका छन् । महोत्सवमा लण्डन बृज, जल परि, फिस टनेल लगायत विभिन्न प्रकारका व्यपारिक स्टल, थारु गाउँको अवलोकन गर्न पाइने संयोजक खत्रीले बताए ।

महोत्सवमा विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिता माघ ४ गतेदेखि संचालन हुने छ जसको लागि निशुल्क फारम भर्ने व्यवस्था सांस्कृतिक संयोजक मिना डाँगीले बताइन् । यस्तै भोली शनिवार नेपालगन्ज महोत्सवमा चर्चित गायक कमल विसी माल्दाई, गायीका सृजना खत्री (हाउडे माया), मोडल करिश्मा शाहीको बेजोड प्रस्तुती रहने सास्कृतिक संयोजक डाँगीले जानकारी दिएकी छिन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech