बर्दियास्थित रजवारामा दुई दिने अनुशिक्षण तालिम सुरु

शाख न्यूज    प्रकाशित: २०७७-६-८ गते   ९३४ पटक हेरिएको

बर्दिया ०७ असोज - बर्दियाको मधुवन नगरपालिका २ रजवारामा दुई दिने अनुशिक्षण (पत्रकारिता) तालिम मंगलवारदेखि सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुप) को साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत दुई दिने अनुशिक्षण कार्यक्रम सुरु भएको हो । प्लान इन्टरनेश्नल नेपालगन्जको सहयोग, मधुवन नगरपालिका वडा नं. २ को सहकार्य तथा समन्वयमा भएको उक्त तालिम संचालन भएको हो । बि ग्रुप नेपालगन्जको आयोजनामा संचालित तालिममा वडा नं. २ का १५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले दुई दिन प्रशिक्षण दिनुभएको थियो । पत्रकारिता भनेको के हो ?, थ्रि आई भनेको के हो ?, समाचार कसरी लेख्ने ? समाचारका श्रोतहरु के के हुन् ?, समाचारका श्रोतको गोपनियता भनेको के हो ? जस्ता प्रशिक्षणमा पत्रकार थारुले प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन कार्यक्रममा बि ग्रुपले संचालन गरेको बालिका तथा युवा सशक्तिकरण परियोजनाका संयोजक दिनेश कुमार चौधरी, प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुप) को साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तिकरण परियोजनाका फिल्ड सुपरभाइजर मिनु चौधरी, सिओसी सहजकर्ताद्धय शान्ति थारु, दिपेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech