रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान - बाँके अध्यक्ष गिरी

शाख न्यूज    प्रकाशित: २०८२-९-१ गते   ११७ पटक हेरिएको

नेपालगन्ज - नेपाल पत्रकार महासंघ बाँके शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहकार्यमा नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको सचिव कृष्ण ओलीले जानकारी दिए । 

रगत अभावको अवस्थालाई मध्यनजर गर्दै मानवीय कार्यमा हातेमालो गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको शाखा अध्यक्ष नवीन गिरीले बताए । गिरीले रक्तदान कार्यमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । 

यसैगरी बैठकले नरैनापुरका स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धनार्थ यही पुस ९ गते बुधबार अन्तरक्रिया तथा वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको सचिव ओलीले जानकारी दिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech