पालिकाद्वारा जेन-जी आन्दोलनमा क्षती भएका कार्यालयहरुलाई कम्प्युटर र प्रीन्टर हस्तान्तरण

शाख न्यूज    प्रकाशित: २०८२-८-२४ गते   ४५६ पटक हेरिएको

प्रेम सिंह एस.के.
बाँके २४ मंसिर  - जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ ।  

बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. - ३ इन्द्रपुरले  ईलाका प्रहरी कार्यालय खजुराखुर्दलाई कम्प्युटर र प्रीन्टर प्रदान गरिएको छ ।

जानकी गाउँपालिकाल अध्यक्ष छब्बन खान, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले संयुक्तरुपमा जिल्ला अदालत, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय सहित ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर १/१ थान कम्प्युटर र १/१ थान  प्रिन्टर  हस्तान्तरण गरिएको हो । 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री अभावमा दैनिक कामकाज संचालन गर्न समस्याका कारण पालिकाले सामग्री हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताएका छन् ।

डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो र सहज ढङ्गले न्यायिक सेवा प्रवाह गर्नमा सहयोग पुग्ने भएकाले सामग्री हस्तान्तरण गरिएको थियोे ।

पालिकाले सामाजिक उत्तरदायित्व बहन गर्दै सार्वजनिक हितका लागि कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरिएकाले प्रतिनिधिहरुले  धन्यवाद समेत व्यक्त गरेका थिए ।

सूचना तथा संचार प्रविधि अधिकृत विकास जि.सी.ले सहजीकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech