प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई बैजनाथमा स्वागत

शाख न्यूज    प्रकाशित: २०८२-८-१२ गते   २९७ पटक हेरिएको

बाँके - नियमित सरुवा प्रक्रिया अनुसार बैजनाथ गाउँपालिका बाँकेमा प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्याय र कालिका गाउँपालिका रसुवामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको सरुवा भएको थियो ।

बैजनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत  कमलराज उपाध्याय हाजिर भएका छन् ।

शुक्रबार आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई स्वागत गरिएको छ ।

बिहिवार पदस्थापन भएका उपाध्यायलाई गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परिचयात्मक कार्यक्रममार्फत स्वागत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जेन जि आन्दोलन पछि पालिकाको बस्तु स्थिति, गाउँपालिकाको संरचना, चलिरहेको विकास गतिविधि, सेवा प्रवाहको अवस्था तथा आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो ।

अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन, सुशासन र सेवा प्रवाह अझ प्रभावकारी र चुस्तदुरुस्त हुने विश्वास व्यक्त गरेका छन् ।

अधिकृत उपाध्यायले पनि सहकार्य, पारदर्शिता र नागरिक–मैत्री सेवालाई प्राथमिकता दिई कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा अधिकृत उपाध्यायलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको सूचना अधिकृत तप्तराज आचार्यले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech