बाँके ६ असोज - प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार बाँकेसहित देशभरका ४ सय ८८ प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो । विज्ञप्ती अनुसार जिल्ला प्रहरी कार्यालय बाँके मातहत र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका हरी बहादुर बस्नेतको प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महाराजगन्ज चोरी अपराध अनुसन्धान शाखामा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महिला तथा बालबालिका शाखाबाट डिल्ली बहादुर खड्का आउने भएका छन । त्यसैगरी, ईलाका प्रहरी कार्यालय धनौली खजुराका पोषणराज थपलियाको महानगरीय प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो चोरी अपराध अनुसन्धान शाखाबाट वसन्त आचार्य आउने भएका छन । ईलाका प्रहरी कार्यालय भगवानपुरका मान बहादुर बिसीको जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुममा सरुवा भएको छ भने उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र बाँकेका बसन्त गौतम आउने भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रणबहादुर बिष्टको इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुमा सरुवा भएको छ भने उनको ठाउँमा इलाका प्रहरी कार्यालय उवा रोल्पाबाट ईश्वर देव गिरी आउने भएका छन ।
लागू औषध नियन्त्रण व्युरो नेपालगन्जमा कार्यरत बिरबहादुर थापाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय प्रहरी महाशाखामा सरुवा भएको छ । उनको ठाउँमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कंचनपुरबाट प्रकाश कुमार केसी आउने भएका छन ।
त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत पबिन्द्र बमको महानगरीय ट्राफिक प्रहरी महाशाखा गस्ती शाखामा सरुवा भएको छ । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट राजु भण्डारी आउने भएका छन ।