दाङ - राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नागरिकलाई भ्रम फैलाउँने गरी समाचार नलेख्न आग्रह गरेका छन् । राप्ती गाउँपालिका अध्यक्ष बिष्टको क्लिनिकमा सरकारी चिकित्सक नदीमा अबैध उत्खनन् र दोहन शीर्षकको समाचार प्रकाशन प्रति दु:ख सहित गुनासो व्यक्त गरेका छन् ।
आफू अध्यक्ष भएदेखि नै निरन्तर जनताको सेवामा समर्पित भएकोले केही व्यक्तिले गाउँपालिका र आफ्नो बदनाम गर्ने मनसायले बिगत देखि नै यस्ता शीर्षक र बिषय बस्तु माथी समाचार लेख्दै आएको अध्यक्ष बिष्टले दाबी गरेका छन् ।
समाचारको विषय बस्तु लेख्ने व्यक्तिले आफना नीजि भावना मात्रै कोड गरेर समाचार लेखेको भन्दै पत्रकार आचार संहिता भित्र पर्ने दुबै पक्षको कोड समेत नराख्ने व्यक्तिले पत्रकारिताको मर्म र धर्मलाई समेत कमजोर बनाउँदै लगेको अध्यक्ष बिष्टले उल्लेख गरेका थिए।
सरकारी अस्पतालमा सेवा लिन आएका बिरामीलाई त्यहाँका केही स्वास्थ्यकर्मीले सेवा नदिएर फर्काएको घटनापछि, डाक्टर ड्युटी सकेर रुममा खाना खान गएको बेला नै, उहाँको डेरा मेरो नीजि क्लिनिकको नजिकै भएकोले बिरामीको आग्रह अनुसार इमर्जेन्सीमा हेर्न लगाई राप्ती आधारभूत अस्पतालमा भर्ना गराएर उपचारमा राखिदिनु भएको तथ्य सबैलाई जानकारी भएको समेत उनले जानकारी दिएका छन् ।
अस्पतालले धेरै बिरामीहरूलाई सेवा नदिएको गुनासो बढेपछि गत कार्तिक २३ कार्यपालिका निर्णय अनुसार स्वास्थ्यकर्मी सुजन रोकाय र मेखराज खत्रीलाई अस्पतालबाट हटाइएको उनले जानकारी दिएका छन् ।
जनताको सेवा नगर्ने, सेवाग्राहीलाई हप्काउने कर्मचारीलाई हटाउनु पालिकाको कानुनी र नैतिक दायित्व समेत भएको अध्यक्ष विष्टको भनाई छ । यस्तै राप्ती नदीमा बिना अनुमति रातिको समयमा ढुङ्गा उत्खनन र निकासी भइरहेको पाइए पछि,ईलाका प्रहरी कार्यालय भालुबाङको टोलीले ५० ट्र्याक्टर ढुङ्गा बरामद गरेर गाउँपालिकामा ल्याएको जानकारी दिदै गाउँपालिकाले कारबाही गरेपछि केही समूहले समाचारको बिषय बनाएको उनले जिकिर गरेका छन् ।
अहिले पनि गाउँपालिका जनताको हकहित र कानुनी शासनको पक्षमा दृढताका साथ अग्रसरभइ जनसेवा र सुशासनका विषयमा गरिएको कारबाहीलाई तथ्य माथि आधारहीन आरोप लगाएर बदनाम गर्न खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने उल्लेख अध्यक्ष बिष्टले गरेका छन् ।