बर्दिया ५ असोज - बर्दियाको बारबर्दिया नगरपालिका ५ बेलवाबज्जामा दुई दिने अनुशिक्षण तालिम सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुप) को साझेदारीमा संचालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत दुई दिने अनुशिक्षण कार्यक्रम सुरु भएको हो । प्लान इन्टरनेश्नल नेपालगन्जको सहयोग, बारबर्दिया नगरपालिका वडा नं. ५ को सहकार्य तथा समन्वयमा भएको उक्त तालिम संचालन भैरहेको छ । बि ग्रुप नेपालगन्जको आयोजनामा संचालित तालिममा वडा नं. ५ का १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले दिनुभएको थियो । पत्रकारिता भनेको के हो ?, समाचार कसरी लेख्ने ? समाचारका श्रोत के के हुन् ?, समाचारका श्रोतको गोपनियता भनेको के हो ? जस्ता प्रशिक्षणमा पत्रकार थारुले प्रशिक्षण दिनुभएको थियो । तालिम भोलीसम्म चल्ने प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुप) को साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत परिवर्तन सम्बाहकका सहजकर्ता भरत चौधरीले जानकारी गराउनुभयो । तालिममा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्तता समुह (बी ग्रुप) को साझेदारीमा सञ्चालित बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत फिल्ड सुपरभाइजर सुमिता चौधरी लगायतको सहभागिता रहेको थियो ।