बाँके १ असोज - रारा बिजय बहुउद्देश्यीय सहकारी सस्था लि. कोहलपुरको सहकार्य तथा समन्वयमा कोहलपुरको न्युरोडमा रारा मंगोलियन बुटिक एण्ड सेन्टर संचालनमा ल्याउनु भएको छ । उक्त बुटिकको बिहिबार बिधिवत रूपमा समाजसेवी शेख बहादुर राई , शोभा राई तथा कोहलपुर न्युरोडमा रहेको गैरे अपसेट प्रेसका संचालक चण्डी प्रशाद गैरे लगायतले बिहिबार बिधिवत रूपमा रिवन काटि बुटिकको उद्घाटन गर्नुभएको हो । सहकारीको समन्वयमा संचालन गरिएको बुटिकको लगानी संचालिका निर्मला पुलामी मगर र सुनिता राईको संयुक्त रुपमा रहेको छ । राराबिजय बहुउद्देश्यीय सहकारीले छोटो समयमा नै चर्चा पाउदै गएको छ । केहि समय अगाडि बैजनाथ गाउँपालिका ४ मा कृषि हाट बजार पनि संचालनमा ल्याउनुभयो भने हाल कोहलपुरको न्युरोडमा रारा मंगोलियन बुटिक पनि संचालनमा ल्याउनुभएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै शेखबहादुर राईले महिलाहरु आफै व्यवसायमा लगानी गरेर संचालन गर्नु गर्बको कृुरा हो ,भने महिलाहरु उर्जाशिलाका साथै क्षमतावान रहेका छन त्यसैले आफ्नो कार्यक्षेत्रलाई तथा व्यवसायलाई सानो ठुलो सम्झिनु हुदैन तसर्थ निरन्तर संघर्ष गर्दै गएमा महिलाहरुले व्यवसायीक क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिनुभयो ।
अहिलेका महिलाहरु पनि जोखिम मोलेर रोजगारीका लागि भारत तथा खाडी मुलुक गइरहेका हुन्छन् । त्यसैले स्वदेशमा नै केहि गरेर पसिना बगाएर व्यापार व्यवसाय गरिएमा आफ्नो तथा परिवार लगायत देशको आर्थिक उन्नति हुनुका साथै आफु पनि स्वरोजगार बन्न सकिने सहकारीका प्रबन्ध निर्देशक दिपक कुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो सहकारीले बचत गर्नु तथा ऋण उपलब्ध गराउन मात्र नभएर बेरोजगार महिला स्वरोजगार बनाउन तर्फ हामी लागिरहेका छौं , भन्नुभयो । त्यसैले हामी सहयोग , सहकार्य तथा समन्वयका लागि सदैव तयार रहने तथा बेरोजगार भएकाहरुलाइ स्वरोजगार बनाउने दाबी गर्नुभएको छ ।
बुटिकका संचालिकाका अनुसार हामी कहाँ ढाकाका साथै तानले बुनेका साडी र सबै जातजाति , धर्म , भेषभुषाका अन्य कपडाहरु अन्य बिक्री गरिने जानकारी दिनुभयो । ग्राहकलाई चाहे अनुसारको ढाका तथा तानले बनेका कपडा हरु उपलब्ध गराउने र सर्वसुलभ मुल्यमा बिक्री गर्नुका साथै रोजाई अनुसारको डिजाईका साथमा सेवा प्रवाह गर्ने संचालिकाले बताउनुभयो । सो उद्घाटन कार्यक्रममा ग्राहक, नेपाली काङ्ग्रेस खजुराका कृष्ण बिक रसाइली , बुद्धिजीवी , समजसेवी, सहकारीकर्मी , व्यापारी लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।