बाँके १ कार्तिक - जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकको आयोजनामा नेपालगन्जमा वरिष्ठ फिजिसियन डा. सैयद वकार अहमदद्वारा नियमित स्वास्थ्य सेवा सुरु गरिएको छ । सो कार्यक्रम फार्मेसीका अध्यक्ष कृष्ण देवकोटाको अध्यक्षता तथा डा. सैयद वकार अहमदको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।
हाल वरिष्ठ सल्लाहकार चिकित्सकको रूपमा कार्यरत डा. अहमद एम.बी.बी.एस, एम.डी (इन्टरनल मेडिसिन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान) का वरिष्ठ कन्सल्टेन्ट फिजिसियन र असिस्टेन्ट प्रोफेसर हुन्। प्रतिष्ठित चिकित्सक डा. अहमदले हरेक महिनाको पहिलो र तेस्रो शनिबार नेपालगन्जमा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि उपस्थित हुने बताएका छन् ।
नेपालगन्जमा मधुमेह, उच्च रक्तचाप, मुटुका रोग, मिर्गौला तथा कलेजोका समस्या, थाइराइड विकार, दम, संक्रमणजन्य रोग (जस्तै टाइफाइड, डेंगु, मलेरिया, क्षयरोग), पाचन प्रणालीका समस्या लगायतका रोगहरुको निरन्तर रुपमा अग्रपंक्तिमा रहेर परामर्श र उपचार सेवा प्रदानका गर्ने डा. अहमदले बताएका छन् । रक्त तथा प्रतिरोधात्मक प्रणालीका रोग (एनीमिया, ल्युपस, अटोइम्युन रोग) र नसा तथा मिर्गीसँग सम्बन्धित समस्याहरूको उपचार पनि उपलब्ध हुने उनले बताएका छन्।
जनसेवा फार्मेसी चिरायु डायग्नोस्टिकले विशेषज्ञ चिकित्सकको पहुँच स्थानीयवासिहरुमा पुर्याउने उद्देश्यले निरन्तर स्वास्थ्य परामर्श कार्यक्रमका साथै विभिन्न निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आइरहेको अध्यक्ष देबकोटाले जानकारी दिएका छन् ।
स्वास्थ्य क्षेत्र समाजको आधारभूत आवश्यकता भएकाले निरन्तर जनहितमुखी कार्यक्रमका साथै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यो पहल नेपालगन्जमा गरिएको फार्मेसीका अध्यक्ष देवकोटाले बताएका छन् ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह, समाजसेवी कृष्ण प्रसाद सापकोटा, सैयद रिजवान अहमद शाह, इन्जिनियर गणेश देवकोटा, संचारकर्मी, स्थानीयवासिहरु, रितिका बुढाथोकी, निसा बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो, भने स्वागत मन्तव्य निर्मल देबकोटाले दिएका थिए ।
जनसेवा फार्मेसी नेपालगन्जस्थित सन्जिवनी कलेज अफ मेडिकल साइन्सको पूर्व गेटअगाडि रहेको छ ।