राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाँकेको शुक्रबार नियमित बैठक तथा छलफल कार्यक्रम सम्पन्न

निशा थापा र पुनम रिजाल राप्रपा नेपालमा प्रवेश

शाख न्यूज    प्रकाशित: २०८२-६-३१ गते   ५४९ पटक हेरिएको

नेपालगन्ज ३१ असोज - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाँकेको शुक्रबार  नियमित बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। 

राप्रपा नेपाल बाँकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा पार्टीको  कार्यालयमा बसेको कार्यसमितिको बैठक तथा छलफल कार्यक्रममा निशा थापा र पुनम रिजाल राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

केन्द्रिय सहायक महामन्त्रीमा अभय कुमार बस्नेत र  राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको जिल्ला उपाध्यक्षमा मेनुका महतरालाई मनोनयन गरिएको अध्यक्ष दिपेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

कार्यसमितिको बैठकमा सह- महामन्त्री ढकालले मनोनीत भएका बस्नेत र महतरालाई कार्यकाल सफलताको शुभकामनाका साथै नवप्रवेसीहरुलाई बधाई तथा सम्मान गर्दै शुभदिपावली तथा छठ पर्वको समेत शुभकामना व्यक्त गरेका छन् । 

राप्रपा नेपालमा आबद्ध सम्पूर्ण स्थानीय स्तर देखि केन्द्रियस्तरका कार्यकर्ताहरुले पार्टीको सिद्धान्तलाई आत्मसात गरि आफुले प्राप्त गरेको जिम्मेवारीलाई सबैले इमानदार भएर कुशलतापुर्वक बहन गर्न  सह- महामन्त्री ढकालले सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा राप्रपा नेपाल पार्टी बाँकेका विभिन्न तह र तप्काका नेता ,   समाजसेवी , बुद्धिजीवी , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech